नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनले कांग्रेसलाई पहिलो दल बनाउने दाबी गरेका छन् ।
शुक्रवार मतदानमा सहभागीहरूलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै महामन्त्री शर्माले यस्तो दाबी गरेका हुन् ।
विज्ञापन
उनले कांग्रेस क्रमश : बलियो बन्दै र बदलिँदै जाने समेत बताएका छन् ।
विज्ञापन
उनले लेखेका छन्,’परिणामले नेपाली काँग्रेसलाई पहिलो दल बनाउँदैछ । क्रमशः बलियो बन्दै र क्रमशः बदलिँदै मतदाताको प्रत्येक मतप्रति हामी इमानदार रहनेछौँ ।’
महामन्त्री शर्माले मतदानपछि लोकतन्त्रको जग बलियो भएको भन्दै अब छाना सुन्दर बनाउन आह्वान गरेका छन् ।
उनले भनेका छन्,’मतदानमा उत्साहले सरिक भएर मतदाताले लोकतन्त्रको जग बलियो बनाउन महत्त्वपूर्ण भुमिका निभाएका छन् । परिणाम आत्मसात गरेर लोकतान्त्रिक चरित्र र चेतना बलियो बनाउने दायित्व उम्मेदवार र दलहरूको हो । यो दायित्व पूरा गर्न हामी सबै गम्भीर बनौँ !’
फेसबुक प्रतिक्रियाहरु