On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • यी चर्चित १५ कलाकारः जसले दोस्रो बिवाह गरेर नयाँ जीवनकाे सुरुवात गरे
मनोरञ्जन

यी चर्चित १५ कलाकारः जसले दोस्रो बिवाह गरेर नयाँ जीवनकाे सुरुवात गरे

अभिनेत्री रेखा थापाले दोस्रो विवाह गरेकी छिन् । बलराम शाही ठकुरीसँग कोर्ट म्यारिज गरेकी हुन् ।

निर्माता छविराज ओझासँग छुट्टिएको लामो समयपछि रेखाले ठकुरीलाई जीवनसाथी रोजेकी हुन् । रेखा पछिल्लो समय राजनीतिक दलको नेतृको रुपमा चिनिएकी छन् ।

विज्ञापन

नेपाली समाजमा पहिले एकपटक विवाह गरेपछि वा श्रीमान्को निधनपछि एकल महिलाको रुपमा जीवन व्यतित गर्ने चलन रहिआएको थियो । पछिल्लो समय भने श्रीमान् वा श्रीमतीको निधनपछि या पहिलो विवाह असफल भएर डिभोर्स भएपछि महिला, पुरुष एकल बस्ने चलन बिस्तारै हराउँदै गएको छ । नेपाली कला क्षेत्रका धेरै कलाकारले अर्काे जीवनसाथी रोजेका छन् ।

विज्ञापन

रञ्जना शर्मा

अभिनेत्री शर्माले अमेरिकी निवासी निकेश सिलवालसँग दोस्रो विवाह गरेकी छन् । निर्देशक श्याम भट्टराईसँग डिभोर्सपछि उनले सिलवाललाई जीवनसाथी रोजेकी हुन् । सिलवाल र शर्मा हाल अमेरिकामै छन् ।

श्वेता खड्का

अभिनेत्री खड्काको पनि विजेन्द्रसिंह रावतसँग दोस्रो विवाह भएको छ । पहिलो पति अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि केही समय एक्लै बिताएकी खड्काले पछि प्रेमी रावतलाई जीवनसाथी बनाएकी हुन् ।

प्रियंका कार्की

अभिनेत्री कार्कीले अभिनेता आयुष्मान देशराज जोशीसँग दोस्रो विवाह गरेकी हुन् । यसअघि अमेरिका निवासी रोचक मैनालीसँग उनको विवाह भएको थियो ।

कृति भट्टराई

पत्रकारितामा समेत सक्रिय अभिनेत्री कृति भट्टराईले २०७६ मा रोहित पौडेलसँग दोस्रो विवाह गरेकी हुन् । भट्टराईको पहिलो विवाह सञ्चारकर्मी तथा निर्देशक रवि श्रेष्ठसँग भएकोे थियो । श्रेष्ठसँग डिभोर्सपछि रोहितसँग उनले प्रेम विवाह गरेकी हुन् ।

अञ्जु पन्त

गायिका पन्तले पनि दोस्रो पतिको रुपमा थिर कोइरालालाई केही अगाडि रोजेकी छिन् । गायक तथा सङ्गीतकार मनोजराज शिवाकोटीसँग सम्बन्ध विच्छेद भएको एक दशकपछि उनले दोस्रो विवाह गरेकी हुन् ।

हरिवंश आचार्य

हास्यकलाकार हरिवंश आचार्यले पनि दोस्रो पत्नीको रुपमा रमिला पाठक भित्र्याएका थिए । पहिलो पत्नी मीराको निधनको केही समय एकल जीवन बिताएका उनले बाँकी जीवनको सहयात्रीको रुपमा रमिलालाई भित्र्याएका हुन् ।

मनोज गजुरेल

हास्यकलाकार मनोज गजुरेलले पनि न्याय सेवाकी अधिकृत मञ्जु पोखरेललाई दोस्रो पत्नीको रुपमा भित्र्याएका छन् । केही अगाडि उनले अर्को विवाह गरेको सार्वजनिक गरेका थिए । गजुरेलको पहिलो विवाह मीना ढकालसँग भएको थियो ।डिभोर्स गरेको केही समयपछि उनले मञ्जुलाई भित्र्याएका हुन् ।

निखिल उप्रेती-सञ्चिता लुइँटेल :

निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइटेलको विवाह पनि दुबैका लागि दोस्रो हो । निखिलले सञ्चिता भन्दा अघि कोपिला उप्रेतीसँग विवाह गरेका थिए भने सञ्चिताले आकाश शाहसँग । निखिलले पहिलो पत्नीलाई डिभोर्स नदिँदै सञ्चितालाई भित्र्याएका थिए भने सञ्चिताले आकाशलाई छोडेर निखिल रोजेकी थिइन् ।

भुवन केसी

अभिनेता भुवन कसीले पनि दोस्रो पत्नीको रुपमा सुस्मिता बोमजन भित्र्याएका थिए । अभिनेता अनमोल केसी बोमजनसँगको छोरा हुन् । भुवनको बोमजनसँग पनि डिभोर्स भैसकेको छ । भुवन अभिनेत्री जिया केसीसँगक लिभिङ टुगेदरमा रहदै आएका छन् ।

शिल्पा पोखरेल

अभिनेत्री पोखरेलको पनि निर्माता छविराज ओझासँग दोस्रो विवाह हो । उनले यस अगाडि पनि एक बिसी थरका भिडियो सम्पादक तथा निर्देशकसँग विवाह गरेकी थिइन् । शिल्पा अहिले भने छविसँग छुट्टिएर एक्लै छन् ।

पूजा चन्द

अभिनेत्री पूजा चन्दले दोस्रो विवाह अमेरिकामा बसोबास गरिरहेका गायक राजु लामासँग गरेकी छन् । निर्देशक सुरज चन्दसँग पहिलो विवाह गरेर अमेरिका हानिएकी उनले सुरजसँग डिभोर्सपछि लामासँग अमेरिकामै विवाह गरेकी हुन् । सुरज तिरबाट जन्मिएकी छोरीलाई पनि उनले सँगै अमेरिकामा राखेकी छन् ।

सिम्पल खनाल

मोडल अभिनेत्री सिम्पल खनालले म्यूजिक भिडियो निर्देशक प्रशन्न पौड्यालसँग पहिलो विवाह गरेकी थिइन् तर उक्त विवाह लामो समय टिक्न सकेन । डिभोर्स गरेर उनले भारतीय मूलका व्यापारी नदिनलाई नयाँ जीवन साथी रोजेकी छन् ।

शिव श्रेष्ठ

अभिनेता श्रेष्ठले पनि दुई विवाह गरेका छन् । पहिलो पटक २०२८ मा गंगादेवी श्रेष्ठसँग विवाह गरेका उनले गंगादेवीसँगको दाम्पत्य जीवन असफल भएपछि चितवनकी सिर्जना श्रेष्ठसँग दोस्रो विवाह गरेका थिए । पहिलो विवाहबाट चार छोरी, एक छोरा भएका शिवको दोस्री श्रीमतीबाट पनि एक छोरा छन् ।

रेखा थापा

रेखाले पनि हालै दोस्रो बिवाह गरेकी छन् । निर्माता छविराज ओझासँग १० बर्षअघि डिभोर्स गरेकी उनले केहि दिन अघि जाजरकोटका बलराम शाही ठकुरीसँग दोस्रो बिहे गरेकी हुन् ।

यसबाहेक निर्माता छविराज ओझा, निर्देशक श्याम भट्टराई, मोडल/निर्देशक शकंर बिसी, कलाकार पवन मैनाली, निर्माता निकिता पौडेललगायत थुप्रै सेलिब्रेटीले दोस्रो विवाह गरेर जीवन अघि बढाएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस