आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा आएर ओलीले गरे कांँग्रेसको घोर अपमान : कांँग्रेसजन रुष्ट, चितवनवासी आक्रोशित
समाचार

चितवनमा आएर ओलीले गरे कांँग्रेसको घोर अपमान : कांँग्रेसजन रुष्ट, चितवनवासी आक्रोशित

चितवन ।

सधै उखानटुक्का गरेर चर्चा कमाएका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले चितवन आएर गाली कुण्ठा र अपमानका शब्दहरुको बर्षा गरेका छन । आज आयोजित सभामा अधिकांश समय कांँग्रेस नेतृत्व सहित चितवन कांँग्रेसलाई समेत रुष्ट बनाएका छन । ओलीको उखान टुक्का सुन्न आएका चितवनबासी समेत आज रुष्ट र आक्रोशित बन्न पुगेका छन । त्यतिमात्र होइन उनको आफ्नै पार्टी कार्यकर्ताले समेत ओेलीको कटुशब्द र अपमानको कडा आलोचना गरेका छन । चितवन आएर चितवनबासीलाई नै अपमान गर्र्नु आफूलाई अपमानित भएको भाषण सुन्न पुगेका चितवनबासीले बताए ।

विज्ञापन

केपी ओलीले अर्थहिन चर्का भाषण गर्दै चितवनका कांँग्रेसलाई गठबन्धन गरेको पार्टी सिध्याएको आरोप लगाए । प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारमा बसेर केही काम नगरेको गफ मात्र गरेको आरोप समेत लगाए । उनले व्यंग्य र अपमानित शब्दमा भने, ‘कांँग्रेस सिधिसक्यो, कांँग्रेसले कसरी मन थामेका होला । पोहोर पनि ढाट्यो आमा यसपाली पनि ढाट्यौ ।’ उनी निरन्तर चिच्याउांदै गए, ‘कांँग्रेसले २० बर्षसम्म कहिले छोरी बोक, ज्वाईं वोक भाई बोक , भाई भएन भने भतिजा बोक , २० बर्षसम्म बोकिराख ।’

विज्ञापन

त्यतिले मात्र ओलिको दम्भ रोकिएन ,उनले प्रधानमन्त्री शेर बहादुर देउवालाई समेत हदैसम्मको खिसिट्युरी गरे ।‘हिजो अस्ती भन्दै भन्दै हुनुहुथ्यो रेनु यादवलाई भोट हाल्नु, भोट कसलाई हाल्ने त्यो पनि थाहा छैन ।’ ओलीको असभ्यता छताछुल्ल भएको थियो । यसरी चितवन आएर केपी ओली निरन्तर गाली र कुण्ठाले पोखेपछि एमालेको साख थप गिरेको र मतदातालाई समेत नकारात्मक असर परेको महसुस चितवनबासीले गरेका छन । उनले बिहिबार चितनमा आयोजित गठबन्धनको सभामा शेर बहादुरले गरेको भाषणको समेत खिसीट्युरी र उडाएर प्रधानमन्त्रीको हदैसम्मको अपमान गरेका थिए । ओलीको अहंकारले सिमा नाघ्दै गयो । धारावाहिक गाली र अपमान चितवन कांँग्रेस माथि बज्रिरह्यो ।

‘कसरी मन थामेका होलान यहांँका कांँग्रेस कार्यकर्ताले , प्रचण्डको छोरी जिताउनु पर्ने , अरुलाई जिताउनु पर्ने , जिन्दगी भरी कांँग्रेस भएर हिंडेका साथीहरु विचरा हेर । ’ ओलीको पराजित मानसिकता उदांगो भएको थियो । उनी यतिमा मात्र अडिएनन , उनको अहंकार थप चुलिदै गयो ।

‘ चितवन कांँग्रेसलाई कति पिर परयो होला, प्रकाश सपुत पिर बिसाउन पाईन भने जस्तो ।’ कांँग्रेस कार्यकर्तालाई समेत ठूलो ठेस पुरयाउंँदै उनी आफै रोइकराई गरेका थिए । उखाने ‘बा’ समेतको ट्याग भिरेका ओलीले कांँग्रेसको आत्मसम्मानमा मात्र ठेस पुरयाएनन नेकपा माओवादी माथि पनि खनिए । प्रचण्डले बिहिबार चितवनमा गरेको भाषण प्रति कटाक्ष गर्दै भने,‘धम्क्याएर भोट माग्ने जमाना गयो, उनले स्थानीय चुनावमा आफ्ना कार्यकर्ता तथा मतदातालाई आफ्ना एजेण्डा र विकासका योजना सुनाउनुको साटो सबै समय ओली प्रवृत्ति देखाई गठबन्धनलाई गाली र उखान टुक्का गरेर समय खर्चिएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस