आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • माधव नेपालले पोखरेली कांग्रेसलाई भने– दम्भले ओली सकिए, मिलेर अगाडि बढौँ
समाचार

माधव नेपालले पोखरेली कांग्रेसलाई भने– दम्भले ओली सकिए, मिलेर अगाडि बढौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू बलियो छु भन्ने दम्भले नै केपी ओली सकिएको टिप्पणी गरेका छन्।

पोखराका गठबन्धनको तर्फबाट आफ्नो पार्टीका नेता धनराज आचार्य मेयरको उम्मेदवार बनेको अवस्थाबारे टिप्पणी गर्दै उनले कांग्रेसका कार्यकर्तालाई आश्वस्त तुल्याउने क्रममा सो अभिव्यक्ति दिएका हुन्।

विज्ञापन

उनले अगाडि भने, ‘कहिलेकाहीँ हामी कम्युनिष्टहरु बलियो भएको दम्भ राख्छौँ त कहिले कांग्रेस हामी बलियो छौँ भन्ने दम्भ राख्छौँ । हामी बलियो छौँ भन्ने दम्भ राख्नुहुँदैन। दम्भ राख्यो भने सबैको विनाश हुनसक्छ । दम्भले केपी ओलीलाई सक्कायो।’

विज्ञापन

उनले सत्ता गठबन्धनबीच महानगर र उपमहानगरपालिकाहरुको मेयर र उपमेयरमा बाँडफाँट भएको बताउँदै त्यही अनुरुप आफूहरुले पोखरा पाएको पनि अथ्र्याए । उनले अघिल्लो चुनावमा १५६ ठाउँमा कांग्रेसले उम्मेदवार उठाएको २३ ठाउँमा मात्रै जितेको र एमालेले १०१ ठाउँमा उठाउँदा ९१ ठाउँमा विजय पाएको दृष्टान्त पेश गर्दै राजनीति गर्दा विचार पु¥याएर काम गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसले मेयर नपाएको भन्दै असन्तुष्ट कांग्रेसीहरुलाई आश्वस्त पार्ने क्रममा उनले अगाडि भने,‘ तपाईंहरुले बुद्धि पु¥याउनुभएको छ । सबैलाई मिलाएर जानुपर्नेमा जोड दिँदै उनले अगाडि भने,‘तपाईंहरुले बुद्धि पुर्याउनुभएको छ । हामीले मेयर र उपमेयरमा त मिलायौं तर पालिका र वडामा मिलाउन सकेनौँ । कतिठाउँमा मिलाएका छौं र कतिपय ठाउँमा मित्रवत प्रतिस्पर्धा गरिरहेका छौँ ।’ हामी विरोधको लागि चुनावी मैदानमा आएको हैन । गरेर देखाउन आएको हो । त्यसैले पोखरा महानगरपालिकाको विकासका योजना बनाएर अगाडि बढ्नुहोस् ।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस