आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • ओलीले भने– असार १७ मा सत्ता गठबन्धन टुट्छ ! यो मेरो होइन, ज्योतिषीहरूको कुरा हो
समाचार

ओलीले भने– असार १७ मा सत्ता गठबन्धन टुट्छ ! यो मेरो होइन, ज्योतिषीहरूको कुरा हो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउँदो असार १७ गतेपछि वर्तमान सत्ता गठबन्धन नरहने बताएका छन् ।

आसन्न स्थानीय तह निर्वाचनको संघारमा पार्टीका तर्फबाट आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले यो गठबन्धन बढीमा असार १७ सम्म जाने बताए ।

विज्ञापन

 

विज्ञापन

‘असार १७ मा गठबन्धन नरहने आधार के हो ? माओवादी केन्द्रसँग लगातार कुरा भइराखेको भन्ने छ, विश्वासको आधार त्यही हो ?’ भन्ने पत्रकारको प्रश्नमा भने ओली यो आफ्नो कुरा नभएको भन्दै ज्योतिषहरूको भएको बताए ।

“असारपछि यो गठबन्धन रहँदैन, यो मेरो भनाइ होइन, ज्योतिषीहरूको भनाइ हो,” ओलीले भने, “यो राजनीतिक र अन्य ज्योतिषीहरूले भनेको हो । विश्वास लाग्दैन भने आफूले विश्वास गरेको ज्योतिषीसँग सोध्नूस् भनेर देउवाजीलाई भन्न चाहन्छु ।”

ओलीले माओवादी केन्द्रसँग लगातार वार्ता भइरहेको विषयमा भने जवाफ दिएनन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस