मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • चितवन कांँग्रेसका पुराना नेताहरु गठबन्धनको पक्षमा मत माग्दै घरदैलोमा
समाचार

चितवन कांँग्रेसका पुराना नेताहरु गठबन्धनको पक्षमा मत माग्दै घरदैलोमा

बैशाख  । केही साताअघि सम्म महानगर मेयर काँग्रेसले पाउनु पर्छ भनेर आवाज उठाउंँदै आएका चितवन काँग्रेसका पुरानो पुस्ता यतिवेला गठबन्धनको पक्षमा माहोल बनाउँदै आम मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।

 

विज्ञापन

 

विज्ञापन

पार्टी केन्द्रले निर्णय गरि निर्देशन दिएपछि त्यसको सिरोधार्य गर्दै जिल्लाका हस्ती मानिएका नेताहरु गठबन्धनलाई जिताउन माहोल बनाउने क्रममा जनताको घरदैलोमा जान थालेका हुन् । नेपाली काँग्रेस चितवनका पूर्व सभापति एवं केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ्ग , पूर्व जिल्ला सभापति एवं संविधानसभा सदस्य रामकृष्ण घिमिरे, महाधिवेशन प्रतिनिधि डाक्टर सूर्यकान्त घिमिरे एवं चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठलगायतका नेताहरु अहिले गठबन्धनको पक्षमा मत माग्न घरदैलोमा सक्रिय छन ।

देशको परिवेश, राष्ट्रिय आवश्यकता र निरंकुशताको विरुद्धमा गठबन्धन जरुरी रहेको उनीहरुले बताएका छन । अघिल्लो स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई साथ दिएको चितवन काँग्रेसले यस पटक मेयर पद आफुले लिनुपर्ने माग गर्दै आएको थियो । त्यसकोलागि काठमाण्डौं सम्म डेलिगेसन समेत गएको थियो ।

चितवन जिल्लाका सदावहार नेताको रुपमा परिचित केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ्ग केन्द्रको निर्णयनै सर्वोपरी हुने बताउंँछन । उनी भन्छन, ‘हामीले यसपटक भरतपुरको मेयर कांँग्रेसकै उम्मेदवार हुनुपर्ने माग राखेकै हो तर, केन्द्रले निर्णय गर्दा भरतपुर फेरी पनि माओवादीकै भागमा प¥यो । काँग्रेस हुनुुको नाताले केन्द्रको निर्णय मान्नुप¥यो, राष्ट्रिय आवश्यकता पनि बुझ्नुपर्यो ।’ उनले यस अघि पनि केन्द्रको निर्णय अवज्ञा गरेर आफ्नो पाँच दशक भन्दा लामो राजनीतिक साखः धुमिल हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए । उनी यतिवेला गठबन्धन लाई जिताउन घरदैलोमै जान थालेका छन् । काँग्रेसका कारण गठबन्धनका उम्मेद्वारले हार्न नहुने बताउँछन उनी ।

उनी जस्तै नेपाली कांँग्रेसका अन्य नेताहरु पनि गठबन्धनको पक्षमा मत माग्दै र असन्तुष्टी कार्यकर्तालाई सम्झाउंँदै हिडिरहेका छन । कांँग्रेसको निष्ठावान र इमान्दारी कार्यकर्ताले केन्द्रकै निर्णय मान्नु पर्ने र आवेश र उत्तेजनामा आउन नहुने तर्क उनीहरुको छ ।

कांँग्रेसका अर्का पुराना नेता तथा संविधान सदस्य रामकृष्ण घिमिरे पनि अहिले घरदैलोमा सक्रिय छन् । पार्टील १० र ११ नम्बर वडामा जिम्मेवारी दिएको बताउँदै उनी भन्छन ‘मलाई पार्टीले वडा नम्बर १० र ११ को जिम्मा दिएको छ । मैले मेरो तर्फबाट आम कांँग्रेसका कार्यकर्ता र मतदातालाई गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेको छु । केपी ओलीको निरंकुश र तानशाहीको विरुद्धमा पनि गठबन्धन आवश्यक रहेको विषय बताउँदै आएको छु । मलाई जहाँ सम्म विश्वास छ सच्चा प्रजातन्त्रवादी काँग्रेसले केन्द्रको निर्णय मान्छन् ।’ उनले आम सर्वसाधारण मतदातालाई सम्बोधन गर्दै भने ‘भ्रममा नपर्नुहोस, राष्ट्रिय आवश्यकता वुझिदिनोस अहिलेको गल्तीले पछि पछुताउनुको विकल्प छैन् ।’
नेपाली कांँग्रेसका महाधिवेशन प्रतिनिधि एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व रजिष्टार प्राडा सूर्यकान्त घिमिरे आफु कहिल्यैपनि गठबन्धनको विरोधमा नरहेको तर आम नेपाली कांँग्रेस कार्यकर्ताको आत्मसम्मान ठेस पुग्ने काम नहोस भन्ने पक्षमा मात्र रहेको बताउँछन् । यसपटक भरतपुर महानगरमा कांँग्रेसले जिकिर थियो तर, देशको परिवेश र केन्द्रको निर्णय फरक भयो ।

काँग्रेसका सच्चा कार्यकर्ताले केन्द्रको निर्णय नमान्ने कुरै भएन । केपी ओलीले पटक पटक संसद विघटन गरेको लोकतन्त्र समेत धरापमा पारेकाले गठबन्धन जरुरी रहेको बताउंँछन उनी । उनले भने, ‘संविधानको रक्षा र अग्रगमनको लागि गठबन्धन जरुरी थियो, प्राप्त उपलब्धीलाई बचाउन र रक्षा गर्न केपी ओलीको प्रवृत्तिलाई परास्त गर्न गरिएको गठबन्धनको निर्णय कार्यान्वयनमा सबैलाई लाग्न अनुरोध गर्दछु। ’ आफुले गठबन्धनको पक्षमा घरदैलोलाई निरन्तरता दिईरहेको उनले बताए ।

चितवन काँग्रेसका निवर्तमान सभापति एवं प्रखर वक्ता जीतनारायण श्रेष्ठ भरतपुर मात्र नभएर जिल्लाकै गठबन्धनका उम्मेद्वारलाई जिताउने दायित्व काँग्रेस नेतृत्वमा आएको बताउँछन् । ‘केन्द्रबाट निर्णय नआउंँदा सम्म हामी कांँग्रेसको पक्षमा लागेकै स्वीकार गर्दै उनी भन्छन, “सबै निर्णय हामीले भने जस्तो र सोचे जस्तो नहुन सक्छ । केन्द्रीय परिवेश अनुसार पार्टी केन्द्रले निर्णय ग¥यो । काँग्रेस पार्टीको इमान्दार सिपाहीले पार्टी निर्णय विरुद्ध काम गर्न त के बोल्न सम्म बोल्दैन । बोल्नुपनि हुँदैन ।” उनले बिहीबार चितवनमा भएको चुनावी सभामा समेत प्रचण्डलाई ढुक्क भएर जानुहोस रेनु दाहाललाई जिताउने विषयमा कुनै कसुर बाँकी रहदैन भनेका थिए ।

उनी पार्टीका इमान्दार कार्यकर्ताले पार्टीको निर्णय हुनुभन्दा अगाडि आफ्ना धारणा विचारहरुका लागि लडेपनि पार्टीको निर्णय मान्नुपर्ने उनको भनाई छ । केपी ओलीको निरंकुश र लोकतन्त्र विरोधी गतिविधिलाई परास्त गर्न महानगरपालिकाका सबै वडातहसम्म कमिटीमार्फत मतदाता र कार्यकर्तालाई बुझाउने काम भइरहेको बताए । ‘हामीले गठबन्धनलाई समर्थन गरिरहंँदा हामीले पार्टीका अन्य कार्यकर्ता ,मतदातालाई पनि गठबन्धनको पक्षलाई मत हालेर जिताउन आग्रह, अनुरोध गरेका छौं ।’ श्रेष्ठले भने । पार्टीका केही साथीहरुको असन्तुष्टी रहेपनि निर्वाचनको मुखमा उनीहरुले गठबन्धनको पक्षमा मत दिने कुरामा आफू विश्वस्त रहेको उनले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस