On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख ५, २०८१
जोडिनुहो��
  • होमपेज
  • चितवन विशेष
  • एउटा क्रान्तिकारी छवि वडा २५ का अध्यक्ष उम्मेद्वार बिजय भुजेल
चितवन विशेष

एउटा क्रान्तिकारी छवि वडा २५ का अध्यक्ष उम्मेद्वार बिजय भुजेल

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २५ बाट पाँच दलीय गठबन्धनको तर्फबाट गोलाकार भित्रको हसियाँ हथौडा चिन्हमा वडाध्यक्ष पदका उम्मेद्वार बिजय भुजेल चितवनको कम्युनिष्ट आदर्शका एक जिउँदो इतिहास हुन भन्दा फरक पर्दैन ।

काँग्रेस कम्युनिष्ट विचको द्वन्द्वका कारण २०४२ सालमा ठूलो आक्रमणबाट बाच्न सफल भूजेल यतिवेला नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतको पाँच दलीय गठबन्धनका साझा उम्मेद्वार बनेका छन् । भुजेलकै भनाई लाई आधार मान्दा हिजो पार्टीपार्टी विच एक आपसमा ठूलो वैरभाव थियो । पञ्चायती शासकले फुटाउ र राज गर भन्ने चाहन्थ्यो हामी आपसआपसमा लडभीड गर्दथ्यौं । यथास्थितिवादीले त्यसैबाट फाइदा उठाउँदै सत्ता चलाउँदै आएका थिए । तर, पछिल्ला दिनमा प्रतिगमन विरुद्ध एक भएर आन्दोलन गर्नुपर्ने ठहर भयो, अनि २०४६ को जनआन्दोलन पञ्चायती व्यवस्थालाई फाल्न सफल भयो । ०६२÷०६३ को सम्युक्त आन्दोलनले राजतन्त्रलाई सदाको लागि अन्त्य ग¥यो यतिवेला प्रतिगमन विरुद्ध पाँचदलीय गठबन्धन बनेको छ । यो गठबन्धनलाई जीवित राख्न सकियो भने संविधानलाई पनि जीवित राख्न सकिन्छ भन्ने ठहर भुजेलकोे छ ।

विज्ञापन

हिजोको आफ्नो इतिहास बारेमा छोटो परिचय दिंदै भुजेलले भने, २०४२ साल वैशाख १८ गतेको चर्को घाम थियो । मेघौलीको एक विद्यालयबाट कुमाल थरका एक विद्यार्थीलाई विद्यालयबाट निस्काशन गरेको सुचना बाहिरा आयो । विद्यार्थी युनियनका ७ जना नेताहरु छलफलका लागि जानकी मावि मेघौली पुग्यौ । छलफलकै क्रममा ती नेताहमाथि धारिलो हितियार प्रहार भयो । सँगै गएका साथीहरु केही भाग्न सफल भए । त्यही क्रममा एक जनाले ज्यान गुमाए, अर्का एक जना नेतालाई बेहोस अवस्थामा काठमाडौँको वीर अस्पताल लगियो । ज्यान गुमाउने नेता तत्कालिन रामपुर कृषि क्याम्पसका स्ववियु सभापति मित्रमणि आचार्य थिए । बेहोस अवस्थामा २३ दिनसम्म जीवन र मृत्युसँग लड्दै गर्दा होस खुल्ने व्यक्ति म आफै थिँए । उनले शरीरभरी दाग देखाउँदै भने ।

विज्ञापन

 

को हुन् विजय भुलेज ?
न्यायको लागि सतिसाल झै उभिने भुजेल साविक शुक्रनगरका रैथानी हुन् । उनको जन्म विस २०१८ साल जेठ २२ गते स्वा मान बहादुर भुजेल र आमा देवका भुजेलको कोखबाट भएको थियो । बुवा भारतीय सेनामा जागिरे थिए ।

स्थानीय जनज्योतीबाट प्रराम्भिक शिक्षा सुरु गरेका भुजेलले प्रभात मावि हुँदै आर्दश मावि दिव्यनगरबाट एसएलसी उर्तिण गरेका थिए ।
कृषिमा रुची राख्ने भुजेल सुन्दर बजार कृषि कलेज लमजुङबाट प्रमाण–पत्र तहसम्मको अध्ययन पुरा गरेका छन् ।
सानैदेखि कम्युनिष्ट राजनीति चेत भएका भुजेल अन्याय, अत्यचार, विवेदविरुद्ध आवज बुलन्द पार्ने गर्दथे । अखिल विद्यार्थी फण्ड क्रान्तिकारीबाट औपचारिक राजनीतिक यात्रा सुरु गरेका भुजेल खरो, कडा मिजास स्भावभावका रुपमा परिचित छन् ।

पश्चिम चितवनको शुक्रनगर गाविसको ५ वर्ष अध्यक्ष बनेका भुजेल चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको शुक्रनगर सामुदायिक उपभोक्ता समितिका अध्यक्ष, संयुक्त केरुङग उपभोक्त समितिमा ५÷५ वर्ष अध्यक्ष भएर काम गरेका थिए ।
विभिन्न सामाजिक क्षेत्रमा काम गरी हालको भरतपुर २५ लाई कृषि, पर्यटन हब बनाउने चाहानासहित वडाको नेतृत्व गरिरहेका भुजेल फेरि अध्यक्ष पदमा पाँच दलीय गठबन्धनका साझा उम्मेद्वार हुन् ।

भुजेलले वडालाई पूर्वाधार विकासमा मात्र नभई शिक्षा, स्वास्थ्य, रोजगारी तथा कृषि र पर्यटनको हब बनाउने योजनाका साथ निर्वाचनमा होमिएका छन् । आगामी ५ वर्षभित्र वडा सुन्दर, हराभरा र यहाँका आदिबासीहरुलाई उत्थान गर्ने गरी अगाडि बढेका छन् ।

 

यस्ता छन् भुजेलका योजना
वडामा निर्वाचित भएसँगै यस क्षेत्रलाई कृषिको हब बनाउन कृषकहरुलाई अनुदानमा मल, बीउ, लगायतका सामाग्री वितवरण गर्ने लक्ष्य रहेको भुजेल बताउँछन् । कृषिलाई उद्योगमा परिणत गर्ने लक्ष्य राखेको पनि उनी बताउछन् । वडामा रोजगारी सिर्जना गरी यहाँका आदिबासी, जनजाती, विपन्न वर्गको जीनव उकास्न काम गर्ने प्रतिबद्धता व्यक्त गर्छन् । कृषि उत्पादनलाई बजारीकरण गर्ने प्रथामिकतामा राख्ने उनी बताउँछन् । त्यस्तै वडाको राप्ती तटिय क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरेर महानगरको पर्यटकीय गन्तव्य बनाउने गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्छन् । केही वडा स्तरीय पर्यटकीय पूर्वाधार निर्माण भईसकेको छन् भने पर्यटकीय क्षेत्र बनाउन वडा अघि बढ्ने उनी बताउँछन् ।

यस्तै विगतको कार्यकालमा अधुरा अपुरा रहेका कामलाई निरन्तरता दिई भरतपुरको नमुना वडा बनाउने गरी अगाडि बढ्ने उनको चाहना छ ।

 

 

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस