आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • बैशाख २५ गते नारायणगढको क्याम्पाचौरमा एमालेको जनसभा, अध्यक्ष ओली आउने
समाचार

बैशाख २५ गते नारायणगढको क्याम्पाचौरमा एमालेको जनसभा, अध्यक्ष ओली आउने

चितवन ।
नेकपा (एमाले)ले भरतपुर महानगरपालिकामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैशाख २५ गते चुनावी आमसभा गर्ने भएको छ ।

नारायणगढको क्याम्पाचौरमा महानगर स्तरीय अन्तिम चुनावी सभा गर्ने तयारी गरिएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा व्यापक जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ’, न्यौपानेले भन्नुभयो ।

विज्ञापन

त्यसअघि भरतपुर महानगरका विभिन्न स्थानमा एमालेले क्षेत्रीय चुनावी सभा गरिरहेको छ । भरतपुर महानगरका २९ वटै वडाबाट हजारौं कार्यकर्ता क्याम्पाचौरमा सहभागी गराइने न्यौपानेले जानकारी दिनुभयो ।

विज्ञापन

 

यसअघि केन्द्रिय बस टर्मिनलमा आमसभा गर्ने तय गरिएपनि पानीका कारण हिलाम्य भएका कारण क्याम्पाचौरमा गर्ने निर्णय गरिएको हो । भरतपुर महानगरमा मेयर पदको लागि एमालेबाट बिजय सुवेदी चुनावी मैदानमा हुनुहुन्छ ।

एमाले–राप्रपा तालमेलपछि उपमेयरमा राप्रपाबाट हिमला गुरुङ हुनुुहुन्छ । सुवेदी र गुरुङले हाल संयुक्त रुपमा चुनावी घरदैलो गरिरहनुभएको छ । पाँच दलिय गठबन्धनले बिहिबार केन्द्रिय बसपार्कमै चुनावी सभा गरिसकेको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस