भरतपुर: राप्रपा निकट मजदुर संघठनका जिल्ला उपाध्यक्षसहित ६० जना भन्दा बढी युवा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनीहरुलाई एक अनौपचारिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्षले खादा र अविर लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश पछि युवाहरुलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले देशको परिवर्तनका सम्बाहक युवा भएको बताउनुभयो । उहाँले नव प्रवेश गर्नुहुने युवाहरुलाई यतिवेला सबै भन्दा महत्वपूर्ण विषय स्थानीय तहको निर्वाचन भएकाले आफ्नो तहबाट निर्वाचनलाई सफल बनाउनको लागि लाग्न यूवाहरुलाई निर्देशन दिनुभयो । यस वखत म तपाईहरुलाई धेरै भन्न चाहन्न भन्नुहुँदै प्रचण्डले निर्वाचन पछि क्षमता र योग्यता अनुसारको पार्टीको जिम्मेवारी दिने बताउनुभयो ।
राप्रपाको जिल्ला नेतृत्वमा रहेका युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेपछि राप्रपा संग चुनावी गठबन्धन गरेको नेकपा एमालेमा यतिवेला खैलाबैला मच्चिन थालेको विश्लेषकहरु बताउँछन् ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु