आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओली भनेको गोमन सर्प हो, उनले आफ्नो शत्रुलाई छोड्दैनन् : डा. सुन्दरमणि दिक्षित
समाचार

केपी ओली भनेको गोमन सर्प हो, उनले आफ्नो शत्रुलाई छोड्दैनन् : डा. सुन्दरमणि दिक्षित

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले यसपटकको चुनावमा भ्रष्टाचार नगर्ने व्यक्तिलाई जनताले जिताउने विश्वास दिलाएका छन् । उनले काम गर्नसक्ने युवालाई नै विजयी गराउनुपर्ने सुझाव दिए । एक टिभी कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उनले स्वतन्त्र व्यक्ति नै स्थानीय तहको नेतृत्वमा आउनुपर्नेमा जोड दिए ।

उनले अहिलेको चुनावमा जनताले स्वतन्त्र र युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने पनि बताए । निर्वाचन दिनप्रतिदिन महँगो बन्दै गएको भन्दै उनको गुनासो थियो । उनले स्थानीय तहको निर्वाचनमा पार्टीविशेष व्यक्तिलाई चुनाव लड्न दिन नहुने धारणा राखे । उनले काम गर्नसक्ने व्यक्तिको हिसाबले जनताले भोट दिनुपर्ने बताए । उनले स्वतन्त्र उम्मेद्धवारलाई जिताउनको लागि सोच्नुपर्ने पनि तर्क गरे । उनले गठबन्धनको उम्मेद्धवारलाई आफूले भोट नदिने स्पष्ट पारे ।

विज्ञापन

डा. दिक्षितले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालकै माहिर पोलिटिसियनको रुपमा चित्रण गरे । उनले भने,”अब ओलीले कहिल्यैपनि प्रचण्डलाई क्षमा गर्लान् ? ओली भनेको त माहिर पोलिटिसियन हो, त्यो मान्छे गोमन सर्प हो, उसले छोड्दैन आफ्नो शत्रुलाई ।” उनले यो मुलुकको राजनीति नै केपी ओलीको हातमा रहेको दाबी गरे । उनले पाँच दलीय गठबन्धनको एकमात्रै उद्देश्य भनेको एनी हाउ केपी ओली हटाउ मात्रै रहेको सुनाए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस