शनिबार, भदौ २०, २०८२
  • होमपेज
  • समाचार
  • ओलीले मन्चमा भाषण गर्दै गर्दा ‘सर्प’आएपछि…
समाचार

ओलीले मन्चमा भाषण गर्दै गर्दा ‘सर्प’आएपछि…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार सुदूरपश्चिम पुगेका छन्।

उनी कैलालीको बौनियामा आयोजित चुनावी सभालाई अहिले सम्बोधन गरिररहेका छन्।

विज्ञापन

ओलीले त्यहाँ चुनावी सभालाई सम्बोधन गरिरहँदा ‘सर्प’ निस्किएपछि केहीबेर सभा प्रभावित भएको छ।

विज्ञापन

गठबन्धन र त्यससँग सम्बन्धित दलको कडा आलोचनामा उत्रिएका ओलीले भाषणकै क्रममा मानिसहरु कराउन थालेपछि रोक्न खोजेका थिए।

ओलीले भीड तितबरबितर भएपछि आफ्नो पक्षमा नारा लगाउन लागेको शंका गरे। उनले भने,‘मैले बोलिसकेपछि नारा लगाउनुहोला एकछिन बस्नुस् न!’

तर, ओलीको भाषण सुनेकाहरुका अगाडि सर्प आएको थियो। त्यो कुरा ओलीलाई केहीबेरमै रिपोर्टिङ भयो।

लगत्तै, भाषण गरिरहेका ओली केहीबेर रोकिए। ओलीलाई पोडियमा पुगेर एक सहयोगीले ‘सर्प आयो रे!’, त्यसपछि उनी केहीबेर रोकिए।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस