भरतपुर।
भरतपुरमा आयोजित पाँच दलिय गठबन्धनको विशाल आमसभामा चितवनका कांग्रेस नेताहरुले ५ दलिय गठबन्धनका उम्मेदवारलाई आसन्न चुनावमा जिताउने दावी गरेका छन् ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालले लोकतन्त्रमा पलाएको प्रतिगमनलाइ परास्त गर्न गठबन्धनका उम्मेदवारलाइ जिताइने बताउनुभयो ।
विज्ञापन
उहाँले सबै असन्तुष्टि त्यागेर ५ दलिय गठबन्धनलाई जिताउन आव्हान गर्नुभयो ।कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले पार्टीको निर्देशन पालना गर्दै गठबन्धनलाई जिताउन लागिपर्ने बताउनुभयो ।
विज्ञापन
उहाँले ५ दलिय गठबन्धनलाई हराउने तागत कसैको नभएको बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले गठबन्धनका नेताहरुलाइ जिताउन सिपाही बनेर लाग्ने बताउनुभयो । उहाँले कांग्रेसले भरतपुरको मेयर पाउनुपर्ने अडान राखेपनि पार्टीले गरेको निर्णयको पक्षमा लागिपर्ने बताउनुभयो । उहाँले ५ दलिय गठबन्धनलाई निरन्तरता दिन शिर्ष नेतृत्वले प्रतिज्ञा गर्नुपर्ने बताउनुभयो ।
फेसबुक प्रतिक्रियाहरु