नेपाली कांग्रेस जिल्ला कार्य समिति चितवनका सभापति राजेश्वर खनालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनुलाई विकासवादी नेताको संज्ञा दिएका छन्।
चितवनको भरतपुरमा पाँच दलीय गठबन्धनले बिहीबार आयोजना गरेको चुनावी सभालाई सम्बोधनका क्रममा उनले रेनु विकासवादी भएकाले कांग्रेस कार्यकर्ता र मतदाताले जिताउनुपर्ने जिम्मेवारी आइपरेको बताए।
विज्ञापन
‘रेनु दाहाल विकासवादी नेता हुन्। यहाँ पाँच दलको गठबन्धन छ’, उनले भने, ‘यहाँ मेयरमा रेनु र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उठ्नु भएको छ। उहाँहरुलाई हामी एकतावद्ध भएर जिताउन लागौँ।’
विज्ञापन
खनालले यसअघि भरतपुरको मेयर पद माओवादीलाई दिँदा आउने परिणामको जिम्मा आफूहरुले लिन नसकिने बताएका थिए। तर अन्तिम समयमा उनी केन्द्रको निर्देशनअनुसार रेनुलाई दोस्रो पटक जिताउन होमिएका छन्।
फेसबुक प्रतिक्रियाहरु