सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रिय आवश्यकताका लागि गठबन्धन गरिएको हो: प्रधानमन्त्री देउवा
समाचार

राष्ट्रिय आवश्यकताका लागि गठबन्धन गरिएको हो: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलहरूबीच गठबन्धन भएको बताएका छन्।

‘सबल स्थानीय सरकार ः समुन्नत गाउँ, समुन्नत नगरप्रमुख’ नाराका साथ नेपाली कांग्रेस मोरङद्वारा बुधबार यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै उनले स्थानीय तहमा गठबन्धनका उम्मेदवार जिताउन अपिल गरे।

विज्ञापन

सत्तारुढ दलसँग बनेको गठबन्धनका उम्मेदवारलाई स्थानीय तहमा उत्साह र जाँगरका साथ जिताउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा सामेल दलका कारण आफू प्रधानमन्त्री बनेको बताए। अहिले कसैको डर र त्रास नभएको अनुभूति जनताले गरेको बताउँदै उनले प्रजातन्त्रको फल गाउँ तहसम्म पु¥याउन गठबन्धन बनेको धारणा राखे।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस