निर्देशक विकासराज आचार्य आफ्नो हिट फिल्म ‘नाई नभन्नु ल’को छैटो सिरिज बनाउँदैछन् । यो फिल्मको छायांकन केही महिनापछि सुरु गर्ने उनको तयारी छ । हुनत, विकासले दोश्रो चरणको कोरोना महामारीपछि पनि फिल्मको कथा तयार नपारेका होइनन् । तर, उनले तयार पारेको कथामा नयाँ ट्विष्ट आएपछि कथा मोडियो । अब उनी नायिका आँचल शर्मालाई मुख्य भूमिकामा राखेर फिल्म बनाउने तयारीमा छन् । यो फिल्ममा विकास र सामिप्यराज तिमिल्सिनाको कथा, पटकथा तथा संवाद रहनेछ ।
विकासको तयारी यो फिल्मलाई नयाँ बर्षको छेकोमा रिलिज गर्ने पनि छ । तर, यही विचमा मेरो फिल्मलाई यो फिल्मबाट डेब्यू गर्न लाएका नायकको तस्वीर प्राप्त भएको छ ।
विज्ञापन
विज्ञापन
विकासले ‘नाई नभन्नु ल ५’मा जस्तै यो फिल्मबाट पनि नयाँ नायकलाई भित्राउँदैछन् । श्रोतका अनुसार, विकासले यो फिल्मबाट भित्राउन लागेका नायकको नाम आर्शिवाद क्षेत्री हो । आर्शिवाद यो फिल्मका लागि केही समयदेखि तयारी समेत गरिरहेका छन् । वुझिएअनुसार, आर्शिवाद फिल्मकै लागि शरीर बनाइरहेका छन् ।
उनले सामाजिक संजालमा पोष्ट गरेको तस्वीरबाट पनि उनले शरीर बनाउन कती मिहिनेत गरिरहेका छन् भन्ने थाहा हुन्छ । यस्तै, उनले मार्सल आर्ट पनि सिकिरहेका छन् ।
‘नाई नभन्नु ल ६’मा काम गरेपछि आर्शिवादको चर्चा चुलिने पक्का छ । यसैले, उनी आफूलाई नायकको रुपमा फिट बनाएर मात्र यो क्षेत्रमा आउने तयारीमा लागेका हुन् ।
फेसबुक प्रतिक्रियाहरु