सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा एकीकृत समाजवादीका जिल्ला सदस्यसहित वडा कमिटीनै एमालेमा समाहित
समाचार

चितवनमा एकीकृत समाजवादीका जिल्ला सदस्यसहित वडा कमिटीनै एमालेमा समाहित

चितवन।

नेकपा (एकीकृत समाजवादी)को कम प्रभाव रहेको खैरहनी नगरपालिकामा जिल्ला सदस्यसहित ६ नम्बर वडा कमिटीनै नेकपा (एमाले)मा समाहित भएको छ ।
समाजवादीका जिल्ला सदस्य नेत्रराज ढुंगानाको नेतृत्वमा उनीहरु पुरानै घर एमालेमा फर्किएका हुन् ।

विज्ञापन

 

विज्ञापन

 

 

मंगलबार एमाले फर्कनु अघि उनीहरु र एमालेका केन्द्रीय सदस्य जेएन थपलियासहित नेताहरु छलफलमा थिए । एमाले प्रवेश गर्नेहरुमा जिल्ला सदस्य ढुंगानाका साथै वडा नम्बर ६ का वडा कमिटी अध्यक्ष यादव घिमिरे, वडा नम्बर ८ का वडा कमिटी अध्यक्ष प्रेमबहादुर थापा मगर, केशव पौडेल, रुस्तम अन्सारी, हेम पुन, लक्ष्मण भण्डारी, खुबीराज चौधरी, कल्पना छतकुल्ली, रामकुमार उप्रेती, सीताकुमारी चौधरी लगायत छन् । उनीहरुलाई एमाले केन्द्रीय सदस्य जेएन थपलिया, खैरहनी नगरपालिकाबाट एमालेका नगरप्रमुख उम्मेदवार लालमणि चौधरी, एमाले नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटीले स्वागत गरेका थिए ।

समाजवादी परित्याग गरेका खैरहनी नगर कमिटी उपसचिव समेत रहेका ढुंगानाले समाजवादीको नेतृत्व तहबाट राम्रो काम भएको अनुभव नभएपछि एमालेमा समाहित भएको बताए । समाजवादीबाट सबै नेता कार्यकर्ताहरु एमालेमा आउने उनको विश्वास छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस