On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • केपी ओली र महेश बस्नेतको क्षेत्रमै एमाले कमजोर, वडा पनि सुरक्षित छैन
समाचार

केपी ओली र महेश बस्नेतको क्षेत्रमै एमाले कमजोर, वडा पनि सुरक्षित छैन

काठमाडौं।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले मतदान गर्ने सूर्यविनायक नगरपालिकामा सट्टा गठबन्धन भन्दा एमाले कमजोर हुने देखिएको छ । यसअघि एमालेले दुवै मेयर र उपमेयर जितेको यो नगरमा एमालेले पुरानै उम्मेदवार उठाएको छ ।

विज्ञापन

महेश बस्नेत एमालेमा शक्तिशाली नेताका रूपमा उदाएका छन् तर आफ्नै क्षेत्रमा भने गठबन्धनका कारण उनले अफ्ठ्यारो अवस्थाको सामना गर्नुपर्ने देखिएको छ । नेकपा एमालेले सो नगरपालिकाको मेयरमा वासुदेव थापा, उपमेयरमा सरिता तिमल्सिना भट्टराई र केही वडाध्यक्षबाहेक सबै पदमा पुरानै उम्मेदवारलाई निरन्तरता दिएको छ ।

विज्ञापन

सत्ता गठबन्धनले नेपाली कांग्रेसका निशान ढुंगेललाई मेयर र नेकपा एसको तर्फबाट श्याकृष्ण बस्नेतलाई उपमेयरमा उठाएको छ । सत्ता गठबन्धनबाट उपमेयर पदमा उमेदवारी दिएका बस्नेत गत स्थानीय तहको चुनावमा नेकपा एमालेको तर्फबाट उपमेयर जितेकी जुना बस्नेतकै घरका सदस्य हुन्।

०७४ सालको निर्वाचनमा मेयर र उपमेयर दुवैमा एमालेले राम्रै मतान्तरले जितेको थियो । मेयरमा वासुदेव थापा १२ हजार ८८६ र उपमेयरमा जुना बस्नेत १२ हजार ८३२ मत प्राप्त गरी विजयी भएका थिए। थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुराज कार्कीले १० हजार १६५ र बस्नेतकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै कल्पना राजथलाले ८ हजार ९०२ मत प्राप्त गरेका थिए।

सुर्यविनायकका केहि मतदाताको आंकलन अनुसार एमाले फुटेका कारण यसपालि नेकपा एमालेलाई यस नगरमा आफ्नो विरासत जोगाउन मुस्किल छ। नेकपा एमालेले मेयर र वडाध्यक्षका सबै पदहरु दोहोर्याएका कारण पनि मानिसले उसलाई भोट नहाल्ने उनीहरूको दाबी छ। जिल्ला तहका नेताहरुले महेश बस्नेतको इसारामा चल्नेलाई मात्र टिकट दिएका कारण कार्यकर्ता रुष्ट रहेको उनले बताए। तर अन्तिम समयमा पार्टीले कार्यकर्ताहरुलाई मिलाएर लान सकेमा भने फेरि बल एमालेकै हातमा हुने पनि उनले दाबी गरे।

सूर्यविनायकका मेयर वासुदेव थापा आफूले गत पाँच वर्षमा शिक्षा, स्वास्थ, पूर्वाधार विकास र कृषिको क्षेत्रमा धेरै राम्रो काम गरेकोले पुनः आफूसहित सम्पूर्ण वडामा नेकपा एमाले नै आउने दावी गर्छन्।

थापाका मुख्य प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार निशान ढुंगेल पनि आफूसँग पाँच दलको गठबन्धन र जनताको मनबन्धन भएकोले आफूले जित्ने दाबी गर्छन्। उनले आपराधिक मानसिकताको राजनीतिबाट आजित भएका जनताले आफूलाई भोट दिने दाबी गर्छन ।

यस नगरमा अघिल्लो २०७४ को स्थानीय चुनावमा तीन वटा वडा (२, ३ र ६) नेपाली कांग्रेसले जितेको थियो। पूर्वप्रधानमन्त्री ओली वडा नम्बर २ का मतदाता हुन्। ओलीले भोट हाल्ने वडा नै नेपाली कांग्रेसले जितेको थियो।

गठबन्धन भएकोले एमालेले नै जित्न नसक्ने केही स्थानीय नेताहरु बताउँछन्। गत चुनावमा आफू बसेकै वडामा एमालेले हारेपछि ओली तनावमा थिए। त्यसैले पनि यसपालि सो वडामा अध्यक्षको प्रत्याशी फेरिएको छ। ओलीले आफ्नो वडामा आफूले चाहेको नेता हुनुपर्ने अडान राख्दै धेरै आकांक्षीहरुलाई पाखा लगाएर विश्वराज विष्टलाई २ नम्वरको वडाध्यक्षमा अगाडि सारेका छन्।

अहिले एमालेका अध्यक्षको वडामा गठबन्धनले ठूलो अपेक्षा नगरेको गठबन्धनका नेताहरुको भनाइ छ। ओलीको वडामा सत्ता गठबन्धनले भने नेपाली कांग्रेसबाट प्रदीपकुमार कार्कीलाई वडाध्यक्षको टिकट दिएको छ।

महेश बस्नेतको वडामा पनि यसपालि एमालेका लागि निकै कठिन । नेकपा एमालेबाट पुरानै वडाध्यक्ष रविन्द्र सापकोटा उठेका छन्। उनले राम्रो काम गरेकोले पुनः सो वडा एमालेकै कव्जामा जाने पक्का भएको एमाले नेताहरुले बताइरहे पनि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारसँग राम्रो प्रतिष्पर्धा हुने कांग्रेसका नेताहरुको दावी छ।

वडा नम्वर १ र ९ मा पनि चर्को प्रतिस्पर्धा छ। अघिल्लो चुनावमा सहजै एमालेले जिते पनि यसपालि वडा नम्वर १ मा सत्ता गठबन्धनबाट नेकपा एसका मिलनजंग थापाको वडाध्यक्षमा उमेदवारी परेपछि एमाले तर्सिएको छ। थापा पहिले एमालेमै थिए। नेकपा एमालेले भने पुरानै वडाध्यक्ष सानुकाजी कायश्थलाई दोहोर्याएको छ भने अर्कोतर्फ स्थानीय जनतासँग भिजेका भाइकृष्ण श्रेष्ठ टिकट नपाएपछि मौन बसेका छन्। जसको असर वडा नम्वर १ मा एमालेलाई पर्ने देखिएको छ।

अघिल्लो चुनावमा नै टिकटको प्रमुख दावेदार रहेका भाइकृष्णलाई यसपालि पनि एमालेले झुक्याएपछि उनी एमालेले गर्ने सभा–सम्मलेनमा सहभागिता जनाइरहेका छैनन्। उनलाई टिकट नदिएपछि स्थानीय एमालेहरु पनि रुष्ट देखिन्छन्, जसको फाइदा गठबन्धनबाट अध्यक्ष उठेका थापाले लिने सम्भावना रहेको छ।

त्यस्तै वडा नम्वर ९ का उमेदवार उपेन्द्र केसीलाई पनि यसपालि जित्न मुस्किल पर्नेछ। भाइरल भएको प्लटिङका कारण उनलाई समस्या पर्ने स्थानीय नेताहरु बताउँछन् तर उनी भने सो प्लटिङले स्थानीय जनताको जग्गाको मूल्य एकैपटक दश गुणाले बढ्न सफल भएकोले उनीहरुले झन् भोट दिने दावी गर्छन्।

गठबन्धनको निर्णय नमान्ने भन्दै नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति नारायणभक्त ख्यामलीले मेयरका लागि उम्मेदवारी दिएका थिए। तर उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। त्यस्तै वडा नम्वर १ मा पनि नेपाली कांग्रेसले गठबन्धनको विरोधमा भीमसेन श्रेष्ठलाई वडाध्यक्ष उठाएको थियो तर पछि श्रेष्ठले फिर्ता लिएका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस