आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • भ्रष्टाचारमुक्त महानगर बनाउने रेनु दाहालको प्रतिवद्धता
समाचार

भ्रष्टाचारमुक्त महानगर बनाउने रेनु दाहालको प्रतिवद्धता

भरतपुर ।
भरतपुर महानगरपालिका मेयरकी उम्मेदवार रेनु दाहालले आजबाट गठबन्धनको कार्यक्रम सुरु भएको बताउनुभएको छ । उहाँले वडा तहसम्म नै पाँच दलिय गठबन्धन हुने बताउनुभयो । आज भरतपुरमा सत्ता गठबन्धनले गरेको निर्वाचन कार्यालयको उद्घाटन गर्दै उहाँले वडा तहमा आ–आफ्नै ढङ्गले उम्मेदवारी दर्ता भएकोले शुक्रबारसम्म त्यसलाई पनि टुंगो लगाउने प्रयास गरिने बताउनुभयो ।

गठबन्धनबाट भरतपुर महानगर प्रमुखका उम्मेदवार रेनु दाहाल र उपप्रमुखका उम्मेदवार चित्रसेन अधिकारीले आज संयुक्त रुपमा निर्वाचन कार्यालयको उद्घाटन गर्नुभएको हो । उहाँले २०७४ मा कांग्रेससँगको गठबन्धनबाट बनेको नेतृत्वले भरतपुरमा बिकासको मोडल तयार भएको बताउनुभयो । भरतपुरलाई आर्थिक बिकासको केन्द्र बनाउनका लागि पाँच दलिय गठबन्धन गरेर चुनावमा होमिएको बताउनुभयो । उहाँले भरतपुरमा बिकासको जग खडा भएको भन्दै जनताको मत जितेर भरतपुरलाई देशकै नमूना शहर बनाउने प्रतिवद्धता जनाउनुभयो । भरतपुरलाई भ्रष्टचारमुक्त महानगर बनाउने बताउनुभयो ।

विज्ञापन

केपी ओलीको प्रतिगमकारी प्रवृति परास्त गर्नका लागि यस पटक पनि भरतपुरमा पाँच दलिय गठबन्धन भएको उहाँको भनाइ थियो । उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले वडातहसम्म नै गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेकोले भन्दै गठबन्धन बाहिरबाट उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन आग्रह गर्नुभयो । उहाँले देशको समृद्धिका तिनै तहको निर्वाचनमा अहिलेको पाँच दलिय गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस