चितवन । सत्ता गठबन्धनका तर्फबाट भरतपुरमा मेयरको उम्मेदवारी दिएकी माओवादी केन्द्रकी नेतृ रेनु दाहालले जनअभिमतबाट पनि प्रतिगमनलाई पराजित गरिने बताएकी छन् ।
सोमबार उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उनले भनिन्, ‘हामीले आन्दोलनमार्फत प्रतिगमनलाई पराजित गरेका थियौँ । अब जनअभिमतबाट पनि पराजित गर्छौं ।’
आम जननताको साथ र विश्वास मेरो जित्ने आधार उनले भनिन् । कांग्रेसको बागी उम्मेदवारबाट आफूलाई कुनै असर नपर्ने दाबी दाहालको छ । उनले भनेकी छिन्, ‘दोस्रो पटक उम्मेदवारी दर्ता गर्दा म निकै खुसी छु । मेरो जित सुनिश्चित छ ।’
विज्ञापन
विज्ञापन
उनी बहालवाला मेयरसमेत हुन् । फेरि उम्मेदवार बन्न उनले पदबाट राजीनामा दिएकी थिइन् । रेनु अघिल्लोपटक पनि कांग्रेसकै समर्थनमा भरतपुरको मेयरमा विजयी भएकी थिइन् । यसपटक उनको मुख्य प्रतिस्पर्धा एमालेका विजय सुवेदीसँग हुँदैछ ।
फेसबुक प्रतिक्रियाहरु