चितवन लामो विवाद र निरन्तरको बन्द एवं खुला छलफल पश्चात अन्ततः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माडीको मेयर पदमा ऋषिराम काफ्लेले टिकट पाउनुभएको छ ।
हालै शिक्षण सेवाबाट राजीनामा गरी पूणर्कालीन राजनीतिमा लाग्नुभएका काफ्लेलाई पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रले नगर प्रमुखमा अगाडि सारेको हो । माडी ५, पिपरिया निवासी काफ्ले माओवादी केन्द्र सम्बद्ध शिक्षक नेता हुनुका साथै पार्टीको माडी नगर सह ईञ्चार्ज समेत रहनुभएको छ । साथै उहाँ वागमती प्रदेश सदस्य समेत हुनुहुन्छ ।
विज्ञापन
माओवादी केन्द्रबाट नगरप्रमुखमा काफ्लेसंगै हालका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र पार्टीका नगर अध्यक्ष प्रभु प्रसाद महतोको नाम सिफारिस भएको थियो । माडीको मेयर पदको टिकट सो पार्टीको केन्द्रले टुङ्ग्याएको हो ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु