आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • राजनीतिमा नैतिकता हरायो भन्दै रिक्सा चालकले दिए वडाध्यक्षमा उम्मेदवारी
समाचार

राजनीतिमा नैतिकता हरायो भन्दै रिक्सा चालकले दिए वडाध्यक्षमा उम्मेदवारी

विराटनगर। ६ का ध्रुवकुमार विश्वकर्मा बिहान–बेलुकाको छाक टार्न सिटीरिक्सा चलाउने गर्छन् । तर, राजनीतिमा नैतिकता हराएकोमा भने उनलाई चिन्ता छ ।

यही चिन्ताका बीच आइतवार उनले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । ‘अहिलेका जनप्रतिनिधिको व्यवहारबाट जनता दिक्क भइसके,’ मनोनयन दर्तापछि उनले भने, ‘जनताका काम कसरी गर्नुपर्छ भन्ने सिकाउन उम्मेदवारी दिएको हुँ ।’

विज्ञापन

घुस नभई कसैले काम नगर्ने उनी बताउँछन् । ‘लोकतन्त्र भन्छन् खाली छाडातन्त्र मात्र हुन्छ,’ उनी भन्छन्, ‘हामीजस्ता पहुँच नहुनेले एउटा काम गर्न पाँच दिनसम्म कार्यालयमा जानुपर्छ ।’

विज्ञापन

दुःखी र गरीबको सेवा गर्न आफूले उम्मेदवारी दिएको उनले बताए ।

विश्वकर्मा विराटनगरको मंगलुबाबा टोलमा बस्छन् । साथीहरूले पनि सरसल्लाह गरेर उम्मेदवारी दिन भनेपछि वडाध्यक्षमा उम्मेदवारी दिएको उनी बताउँछन् ।

पहिले उनी कांग्रेस र त्यसपछि माओवादीमा सक्रिय भएर लागेका थिए । विश्वकर्मा २०७१ देखि भने सवारीसाधन चलाउने गरेका थिए । आफैं लागेका पार्टीका नेताहरूको व्यवहार देखेर दिक्क लागेको उनी बताउँछन् । त्यसपछि स्वतन्त्र भएर बसेको उनको भनाइ छ ।

उनी वन विभागमा १२ वर्ष जागिर गरेका थिए । ‘रिटायर्ड’ भएपछि उनी पार्टीको राजनीतिमा लागे । तर, नेता र तिनका व्यवहार राम्रो नलागेको उनी बताउँछन् ।

‘बुझ्दै गएपछि धेरैले जनताका काम नगर्ने रहेछन्, आफ्नै फाइदा हेर्ने रहेछन्,’ उनी भन्छन्, ‘त्यसलाई अब चिर्नुछ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस