सोमवार, भदौ ८, २०८२
  • होमपेज
  • समाचार
  • उम्मेदवारी दर्ता नहुँदै केशव स्थापितमाथि ‘यौन दुराचारी”को आरोप
समाचार

उम्मेदवारी दर्ता नहुँदै केशव स्थापितमाथि ‘यौन दुराचारी”को आरोप

एमालेले हिजो राति अबेर महानगर र उपमहानगरका मेयर र उपमेयरका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । छ वटामध्ये पाँचवटा महानगर र ११ वटामध्ये नौ वटा उपमहानगरमा मात्र एमालेले आफ्ना उम्मेदवार तय गरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास,बालकोटमा राती अबेरसम्म बसेको सचिवालय बैठकले उक्त नामलाई अन्तिम रुप दिएसङ्गै देशको राजधानीबाट फेरि उठ्न लागेका केशव स्थापितमाथि अपुष्ट आरोप लाग्न शुरु भएको छ ।

विज्ञापन

काठमाडौंका मेयर उम्मेदवार तथा बागमती प्रदेशका पूर्वमन्त्री केशव स्थापितलाई काठमाण्डौ महानगरपालिकाकी पूर्व कर्मचारी रश्मिला प्रजापतीले गम्भीर चारित्रिक आरोप सामाजिक सन्जालमार्फत लगाएकी हुन् । सामाजिक सञ्जालमा स्थापितलाई यौन दुराचारी भनिएको छ भने उपमेयरकी उम्मेदवार तथा मीस नेवा: २०११ की विजेता सुनिता डंगोललाई यौन दुराचारीको मतियारको बात लगाइएको छ ।

विज्ञापन

 

उक्त आरोप लगाउँदै स्थापित मेयर हुँदाताकाकी काठमाडौं महानगरकी तत्कालीन कर्मचारी,महिला अधिकारवादी तथा सञ्चारकर्मी रश्मिला प्रजापतिले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एमालेले काठमाडौंमा मेयर हुने कोही योग्य व्यक्ति नपाएर एक यौन दुराचारीलाई उठाएको छ र पद पाउने भएपछि खुबै महिलाको वकालत गर्ने एक युवा महिला तिनै दुराचारीको मतियार बन्न तयार भए,छि कति दुर्गन्धित राजनीति !’

यसअघि ‘मी टु’ अभियानमा पनि उनै प्रजापतिले स्थापितको झण्डै डेढ दशकअघिको छाडा यौन क्रियालापको बारेमा सार्वजनिक गरेकी थिइन् । तर केशवले उक्त आरोपलाई गलत भन्दै आएका छन् ।

यता काठमाडौंबाट स्वतन्त्र उम्मेदवारको रुपमा मेयर पदमा उठ्ने घोषणा गरेकी ’मीस नेवा: २०११’ की विजेता सुनिता डंगोललाई एमालेले उपमेयरमा उठाउने निर्णय गरेको छ ।

३१ वर्षीया सुनिता काठमाडौंको लगन टोल निवासी हुन् । पछिल्लो समय राजधानीको सम्पदा बचाऊ अभियानमा सक्रिय हुँदै आएकी छन् । यता एमालेको महानगर कमिटीका अधिकांश कमरेडहरु सुनितालाई पार्टीको उम्मेदवार बनाउने निर्णयसँग असन्तुष्ट देखिएका छन् ।जन आस्था

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस