आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरका वडासहित चितवनका सबै पालिकामा गठबन्धन दलले यसरी गरे भागबन्डा
समाचार

भरतपुरका वडासहित चितवनका सबै पालिकामा गठबन्धन दलले यसरी गरे भागबन्डा

सत्तारुढ पाँच दलीय गठबन्धनले चितवनको भरतपुर महानगरपालिकामा वडाको भागबण्डा टुंग्याएका छन्।

यसअघि मेयर र उपमेयरको भागबण्डा मात्रै टुंग्याएका दलले आज वडा तहसम्मै तालमेल गर्नेगरी भागबण्डा गरेका हुन्।

विज्ञापन

भरतपुर महानगरका २९ वडामध्ये २८ वडामा गठबन्धनदलबीच तालमेलको सहमती भएको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए।

विज्ञापन

सहमतीअनुसार भरतपुर महानगरपालिकाका २० वटा कांग्रेसले पाएको छ। माओवादी केन्द्रले ५ र नेकपा एकीकृत समाजवादीले ३ वटा वडा पाउने टुंगो लागेको पोखरेलले बताए।

भरतपुर महानगरको २६ नम्बर वडामा भने कांग्रेस र माओवादी दुवैले दाबी छाडेका छैनन्।

सहमति अनुसार भरतपुरको १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडा नेपाली कांग्रेसको भागमा परेको छ। माओवादीको भागमा ११, १३, २४, २५ र २८ नम्बर वडा परेको छ।

एकीकृत समाजबादीले ९, १२ र २२ नम्बर वडामा अध्यक्ष पाएको छ।

त्यसैगरी सत्तारुढ गठबन्धनले चितवनका अन्य स्थानीय तहमा पनि भागबण्डा टुंग्याएका छन्। सहमतीअनुसार माडी नगरपालिकाको मेयर माओवादी केन्द्रको भागमा परेको छ। यसअघिको निर्वाचनमा पनि माडीमा माओवादी केन्द्र एक्लैले जित निकालेको थियो।

रत्ननगर, खैरहनी, कालिका नगरालिका र इच्छाकामना गाउँपालिकाको प्रमुखमा कांग्रेसले उम्मेदवार उठाउने सहमति भएको छ।

कालिका नगरपालिकाको मेयर भने नेकपा एकीकृत समाजबादीले पाएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस