काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले अहिलेको ब्यवस्था बिरुद्ध कसैले टाउको उठाउन खोजे सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । झापाको कमल गाउँपालिकामा आयोजित सहिद तथा बेपत्ता परिवारलाई सम्मान गर्दै केन्द्रिय सदस्य तामाङले पश्चगमनलाई परास्त गर्न गठबन्धन चुनावी मैदानमा शशक्त रुपमा उभिएको बताए ।
उनले माओवादी–एमाले प्रतिस्पर्धा सक्कली र नक्कली कम्युनिष्टबीचको प्रतिस्पर्धा भएको बताए । उनले सक्कली समाजवादी र नक्कली समाजवादीबीचको चुनावी भिडन्त भएको पनि जिकिर गरे । सक्कली कम्युनिस्ट माओवादीले चुनावी व्याटल जित्ने दाबी गरे ।
विज्ञापन
केन्द्रीय सदस्य तामाङले एमाले अध्यक्ष केपी ओली प्रवृत्तिको पराजय नै देशको चाहना भएको पनि बताए । उनले माओवादी जनयुद्धका सहिद परिवार, बेपत्ता, घाइते,अपांग, पूर्व जनमुक्ति सेना, कार्यकर्तामूखी पार्टी कार्यदिशाले मात्र माओवादी पार्टी देशको पुनस् पहिलो शक्ति बन्ने बताए ।
विज्ञापन
केन्द्रीय सदस्य तामाङले भने,‘शान्ति प्रकृयाका बाँकी कार्यभार पुरा गर्न, विभिन्न आयोगको प्रतिबेदन सार्वजनिक गर्न र जनयुद्धका क्रममा राज्यद्वारा हत्या गरिएका शहिदहरुलाई राज्यले शहीदको मान्यता नदिँदासम्म फरक अर्थको जनयुद्ध जारी रहने छ ।
कमल गाउँपालिकामा ओली ढाल्न, प्रतिगमन फाल्न जरुरी छ। यो चुनावले ओलीका तिखा दाह्रा नंग्रा भाच्नु अनिवार्य छ ।’ कमल गाँउकमिटिद्वारा आयोजित प्रशिक्षण तथा शहिद, बेपत्ता,घाईते तथा जेष्ट कम्युनिष्ट सम्मान कार्यक्रममा गरेको छ । सम्मानमा २५ जना सम्मानित भएका थिए ।
फेसबुक प्रतिक्रियाहरु