सोमवार, भदौ ८, २०८२
  • होमपेज
  • समाचार
  • वडाध्यक्ष बन्न एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश
समाचार

वडाध्यक्ष बन्न एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश

धरान । सुनसरीको धरान उपमहानगरपालिकाका निर्वाचित वडाध्यक्ष नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन्। धरान-४ बाट २०७४ को निर्वाचनमा नेकपा एमालेबाट ६४५ मत ल्याई विजयी भएका मानबहादुर राई शनिबार धरान उपमहानगरपालिकामा राजीनामा पत्र बुझाएका थिए। उनले आजै प्रेस विज्ञप्ति जारी गरेर एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गरेका छन्।

 

विज्ञापन

राईले समाजवादी पार्टीको तर्फबाट आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी दाबी गर्ने बताए। धरान उपमहानगरपालिका-४ बत्तीमुनिको अँध्यारो वडालाई अरु धेरै विकास गर्न आवश्यक रहेको बताउने निवर्तमान अध्यक्ष राई यसपालीको निर्वाचनमा सहजै जित निकाल्न सकिने र बाँकी रहेको विकासलाई थप गति दिने बताए।

विज्ञापन

उनले एमाले अध्यक्ष केपी ओली कामभन्दा पनि बढी गफाडी भएको र पार्टीमा योगदान गर्नेहरुलाई पाखा लागाउन लागिपरेकाले आफू एमाले छाडेर नेकपा एसमा प्रवेश गरेको बताए। धरानमा सरकारमा सहभागी दलहरुले एकीकृत समाजवादीलाई वडानम्बर ४ दिएकाले राइलाई पुन वडाअध्यक्षको उम्मेद्वार बनाउने एकीकृत समाजवादी धरान अध्यक्ष रेवतकुमार राइले बताए।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस