सोमवार, भदौ ८, २०८२
  • होमपेज
  • समाचार
  • एमालेको घोषणापत्र : मुख्य सहरमा रेल, ठूला नदीमा पानीजहाज!
समाचार

एमालेको घोषणापत्र : मुख्य सहरमा रेल, ठूला नदीमा पानीजहाज!

प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचन–०७९ को घोषणापत्र सार्वजनिक गरेको छ।

एमालेले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा सार्वजनिक यातायातलाई व्यवस्थापन गर्ने, सहरमा रेल संचालनको पूर्वाधार विकास गर्नेसम्मका महत्वकांक्षी योजना उल्लेख गरिएको छ।

विज्ञापन

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसहितले घोषणापत्र सार्वजनिक गरेका हुन्।

विज्ञापन

‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गरिनेछ’ घोषणापत्रमा भनिएको छ, ‘ठूला सहरहरुमा रेल, बस र्‍यापिड ट्रान्जिट लगायत यातायात प्रणालीको विकास गर्ने छौँ।’

एमालेले आफ्नो पुरानै नारा दोहोर्‍याएको छ। उसले देशका ठूला नदीहरुमा जल यातायातको विकास गर्ने पनि घोषणा गरेको छ। ‘ठूला नदी प्रणालीहरुमा जल यातायातको विकास गर्ने,’ घोषणपत्रमा भनिएको छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस