शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • २ चोक्टा मासु र १ गिलास रक्सीमा नबिक्नु होला : बाबुराम भट्टराई
समाचार

२ चोक्टा मासु र १ गिलास रक्सीमा नबिक्नु होला : बाबुराम भट्टराई

गोरखा।

जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सोचेर मत दिन मतदातालाई आग्रह गर्नुभएको छ । पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न गोरखा आउनुभएका नेता भट्टराईले पटक–पटक सत्तामा पुगेका दलहरूलाई फेरि भोट दिएर गल्ती नगर्न मतदातालाई आग्रह गर्नुभएको हो ।

विज्ञापन

 

विज्ञापन

 

 

उहाँले भन्नुभयो, ‘जनतालाई लुटेर, अकुत सम्पत्ति कमाएर, छोराछोरी विदेशमा पढ्न पठाएर ठूला सहरमा मोजमस्ती गरेर बसेकाहरू चुनावमा फेरि भोट माग्न आउनेवाला छन् । दुई चोक्टा मासु र एक गिलास रक्सीमा नबिक्नु होला, एक पटक झुक्किनु स्वाभाविक हो तर पटक–पटक झुक्किनु तपाईँकै गल्ती हो ।’

कार्यक्रममा नेता भट्टराईले सत्ता गठबन्धनभित्रका दलबीच अवस्थाअनुसार छुट्टाछुट्टै चुनावी तालमेल हुन सक्ने बताउनुभयो ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस