आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुर माओवादीले पाउने पक्का भइसक्यो,समस्या पोखरामा होः प्रचण्ड
समाचार

भरतपुर माओवादीले पाउने पक्का भइसक्यो,समस्या पोखरामा होः प्रचण्ड

चितवन।

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका माओवादीको भागमा परिसकेको बताएका छन्। आफ्नो निवास खुमलटारमा मंगलबार बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा प्रचण्डले ६ महानगरपालिकामध्ये भरतपुर महानगरपालिका माओवादीले पाउने पक्का भएको बताएका थिए।

विज्ञापन

 

विज्ञापन

 

 

उनले पोखरा महानगरपालिकाका कारण गठबन्धनमा औपचारिक सहमति हुन नसकेको बताए। पोखरा महानगरपालिका नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति भए पनि तलबाट समस्या भएकाले मिलाउन बाँकी रहेको प्रचण्डको भनाइ थियो।

उपमहानगरपालिकामा भने एकीकृत समाजवादीले धेरै दाबी गरेका कारण अन्यौलता भएकोसमेत उनले बताएका थिए। उनले माओवादीले जितपुर सिमरा र दाङका दुईमध्ये १ उपमहानगरपालिका पाउने बताए। दाङमा तुलसीपुर र घोराही दुई उपमहानगर छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस