सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • राजनीति
  • आफ्नै क्षेत्रमा गोकुल बास्कोटा कमजोर, प्रभाव भएका एमाले नेताले छोडे साथ्
राजनीति

आफ्नै क्षेत्रमा गोकुल बास्कोटा कमजोर, प्रभाव भएका एमाले नेताले छोडे साथ्

काठमाडौं।

स्थानीय तहको निर्वाचनले देशभरको राजनीतिक माहोल तातिएको छ । दलहरूले चुनावी प्रचारको अभियानलाई तिब्र रूपले दौडाएका छन् । सत्ता गठबन्धनका पाँच दलले चुनावमा तालमेल गर्ने नगर्ने बिषयमा निर्णयमा नपुग्दा एमालेलाई थप सहज बनेको छ ।

विज्ञापन

चुनाव लक्षित कार्यक्रमहरू तिब्र बन्दै गर्दा जनमानसमा कुन पालिकामा कसले बाजी मार्ला भनेर हिसाबकिताब भइरहेका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माआवादी केन्द्र लगायतका दल गठबन्धनमार्फत् चुनावी मैदानमा उत्रने तयारी गरिरहेका छन् भने एमालेले पनि साना दलहरूसँग तालमेल गर्नेगरी तयारी गरेको छ ।

विज्ञापन

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि राप्रपा नेपाललगायतका दलसँग तालमेल गरेर जाने भएको छ । केन्द्रीय तहबाट निर्णय भए पनि सत्तारूढ गठबन्धन दलबीच जिल्ला तथा पालिकाहरूमा भागवण्डा मिल्न नसक्दा केहि अन्योल बनेको छ ।

एमालेका पोलिटब्युरो सदस्य समेत रहेका पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको क्षेत्रमा भने निर्वाचनको माहोल फेरिएको छ। काभ्रेको मण्डनदेउपुर नगरपालिका उनकै क्षेत्रमा पर्छ । एमालेका केही नेताहरू एकीकृत समाजवादीमा जाँदा बास्कोटालाई चुनावमा प्रतिकुल अवस्था व्यहोर्नुपर्ने अवस्था देखिएको छ ।

२०७४ सालको निर्वाचनमा मण्डनदेउपुरबाट ८ वडासहित प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो । एकातिर एकीकृत समाजवादीले पकड बढाउंदै जानु र एमाले विभाजन फाइदा उठाउँदै चुनाव जित्ने रणनीति कांग्रेसले बनाएको छ ।

मण्डनदेउपुर नगरपालिकामा तत्कालीन एमालेका उम्मेदवार टोकबहादुर वाइबा ७ हजार ६ सय ४६ मत ल्याएर मेयर पदमा निवार्चित भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अच्युत पौडेलले ६ हजार ३ सय १३ मत ल्याएका थिए । दुई प्रतिष्पर्धीको बीचमा १३ सय ३३ मतान्तर थियो ।

उपमेयरमा एमालेकै निर्मला शाही ७ हजार ५ सय १ मत ल्याएर विजयी भएकी थिइन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार राधिका ढकालले ६ हजार १ सय ६० मत पाएकी थिइन् । उनीहरूबीच १३ सय ४१ को मतान्तर थियो ।

१२ मध्ये ८ वटा वडा जितेको एमालेसँग अहिले त्यो सामर्थ्य नरहे छैन । एमाले फुटेपछि बनेको नेकपा एसको बास्कोर्ताको क्षेत्रमा राम्रो पकड देखिएको छ। एमालेबाट चुनाव जितेका मेयर वाइबा नै एसका जिल्ला अध्यक्ष बनेका छन् भने प्रभाव भएका नेताहरूले एमाले छोडेका छन् ।

मेयरसहित ५ वडाध्यक्ष १ का लक्ष्मण बस्ताकोटी, ३ का बिलबहादुर तामाङ, ६ का डिल्ली आचार्य, ७ का नारायणप्रसाद लम्साल र ११ का माधव न्यौपाने एसमा छन् । एमालेमा भने उपमेयर निर्मला शाहीसँगै ३ जना वडाध्यक्ष छन् । जनप्रतिनिधिको बाहुल्यता एमालेभन्दा एकीकृत समाजवादीमै बढी देखिन्छ ।

बास्कोटाको पालिकामा एमाले कमजोर रहेका केही आधार छन् । तत्कालीन एमालेमा काभ्रेबाट प्रभावशाली देखिएका नेता अहिले एकीकृत समाजवादीमा छन् । २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन बागमती अञ्चलबाट एमालेलाइ निल हुनबाट जोगाएका नेता कृष्णप्रसाद सापकोटा पनि एकीकृत समाजवादीमा छन् ।

त्यतिबेला बागमती अञ्चलमा एमालेबाट निर्वाचित हुने उनी एक मात्र सांसद थिए । संविधानसभा सदस्य विदुर सापकोटा, बागमती प्रदेश सांसद लक्ष्मण लम्साल पनि एकीकृत समाजवादीमै छन् ।

केन्द्रबाट गठबन्धनको तयारी भए पनि मण्डनदेउपुरमा भने कांग्रेस नेताहरू दुई पक्षमा विभाजित छन् । आइतबार बसेको चार दलीय गठबन्धन बैठकले टुंगो लगाउन नसकेपछि उनीहरूले निर्णयका लागि प्रदेशमा पठाएका छन् ।

एमाले विभाजनको फाइदा कांग्रेसले उठाउने स्थानीय नेताहरूको दाबी छ । नगरमा नेकपा एसले पाँच वडासहित मेयरमा दाबी गरिरहेको छ । चार वडामा माओवादीको दाबी छ ।

नगरमा २८ हजार ५ सय ११ मतदाता छन् । त्यसमध्ये ६ हजारभन्दा बढी भोट समाजवादी एक्लैले ल्याउन सक्ने दाबी स्थानीय नेताहरूको छ । तर, एक्लै उठ्ने आँट भने उनीहरूमा छैन । गठबन्धन हुँदा पनि मेयरमा पाउनुपर्ने आधार समाजवादीसँग रहेको बताइन्छ ।

माओवादी केन्द्र भने एक्लै उठेर जित्ने स्थितिमा देखिँदैन । वडा नम्बर ४, ६ र ८ जित्ने स्थितिमा रहेको बताइन्छ । कांग्रेसमा गठबन्धनमार्फत् चुनावमा जाने कि एक्लै भन्ने कुरामा दुई मत छ । सभापति शेरबहादुर देउवा समूह गठबन्धनमार्फत् जाने पक्षमा छ भने शेखर कोइराला समूह एक्लै लड्नुपर्ने अडानमा छ ।

काभ्रेमा कांग्रेस सभापति तीर्थ लामा देउवा गुटका हुन् । देउवा पक्ष काभ्रेमा १३ पालिकामध्ये सातवटा आफूले लिएर बाँकी माओवादी र समाजवादीलाई दिऊँ भन्ने पक्षमा छ । तर कोइराला पक्ष चारवटा दुई पार्टीलाई दिएर ९ पालिका आफूले लिने पक्षमा छ । त्यही विवादले सहमति जुट्न सकेको छैन ।

चुनावी मैदानमा एमाले भने एक्लै भिड्ने तरखरमा छ । एमालेका स्थानीय नेता पार्टी विभाजन भए पनि कमजोर नभएको दाबी गरेपनि एमाले निकै कमजोर अवस्थामा पुगेको बताइन्छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस