एजेन्सी । क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ । उनीहरूले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो बच्चाको निधन भएको जानकारी दिएका हुन् ।
छोरीको भने जन्म भएको छ । जुम्ल्याहा बच्चाको आशा गरेका उनीहरूले दुईमध्ये छोराको मृत्यु भएको र छोरी बाँचेको बताएका छन् । रोनाल्डोले समाजिक सञ्जालमा लेखेका छन्, ‘ आफ्नो बच्चाको निधनबारे हामीले गहिरो दुःखमा साथ भन्नु परेको छ ।’
विज्ञापन
जुम्लाहामध्ये छोरी बाँचेकाले आफूहरूलाई केही आशा र खुशी मिलेको बताएका छन् । ‘दुई मध्ये छोरी बाचिन्, यसले हामीलाई केही आशा र खुशीका साथ बाँच्न बल दिएको छ’, उनीहरूले एक विज्ञप्ति निकालेर भनेका छन् ।
विज्ञापन
रोनाल्डो र रोड्रिग्वेजले सामाजिक सञ्जालमा लेखेका छन्– ‘गहिरो दुःखका साथ हामीले हाम्रो बच्चाको निधन भएको घोषणा गर्न चाहन्छौँ । यो सबैभन्दा ठूलो पीडा हो जुन कुनै पनि आमाबाबुले महसुस गर्न सक्छन् । हाम्रो छोरीको जन्मले मात्र हामीलाई यस क्षणलाई केही आशा र खुसीका साथ बाँच्न बल दिन्छ। हामी डाक्टर र नर्सहरूलाई उनीहरूको सबै विशेषज्ञ हेरचाह र समर्थनको लागि धन्यवाद दिन चाहन्छौँ । हामी सबै यस क्षतिमा स्तब्ध भएका छौँ र हामी यो धेरै कठिन समयमा गोपनीयताको लागि अनुरोध गर्दछौँ । हाम्रो बच्चा, तिमी हाम्रो परी हौँ। हामी तिमीलाई सधैँ माया गर्नेछौँ।’
रोनाल्डोका यसअघि नै चार सन्तान थिए ।
फेसबुक प्रतिक्रियाहरु