काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले केपी ओलीले अब उत्पादन गर्ने भनेको कमल थापा, गोबिन्दराज जोशी र एकनाथ ढकालहरुनै भएको बताएका छन् ।
स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले कोहीसँग पनि तालमेल नगरी एक्लै चुनावमा जाने बताउँदै आएको थियो तर चुनाव नजिकिदै गर्दा नेपाल परिवार दल र राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने सहमति नै गरिसकेको छ । सहमतिकै आधारमा राप्रपा नेपालका उम्मेदवारहरुले सूर्य चिन्ह्बाट चुनाव लड्ने तयारी थलिसकेका छन् ।
विज्ञापन
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् । अहिलेको गठबन्धनको हिसाब यस्तो छ । राजावादी+भ्रष्टाचारी+होलिवाईनवादी+रामपन्थवादी= केपी ओलीवादी! यी सबै चिजले के देखाउछ भने केपी ओली समुह नेपालमा लोकतान्त्रिक र गणतन्त्रलाई जसरी पनि समाप्त गर्ने लयमा छ साथै जननेता मदन भण्डारीले प्रतिपादन गरेको जबजको मुल मर्मलाई समाप्त पार्ने र ओलीवादी हिसाब मिलान गर्ने यात्रामा छ ।
विज्ञापन
ओलीवादीले अब जन्माउँने- उत्पादन गर्ने भनेको कमल थापाहरु, गोबिन्दराज जोशीहरु र एकनाथ ढकालहरु नै हुन ।
जानि बुझि यस्तो कुकर्ममा लाग्ने दास बन्नेहरुलाई राम–राम भन्ने बाहेक अर्को औषधी नै नभएको दाबी गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु