बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाचार
  • साइबर आक्रमणबाट उत्तर कोरियाले एकैपटकमा चोर्‍यो ६२ करोड डलरको क्रिप्टोकरेन्सी
समाचार

साइबर आक्रमणबाट उत्तर कोरियाले एकैपटकमा चोर्‍यो ६२ करोड डलरको क्रिप्टोकरेन्सी

उत्तर कोरियाले गत महिना ६२ करोड अमेरिकी डलरबराबरको भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी चोरी गरेको छ।

अमेरिकाको गुप्तचर निकाय एफबीआईका अनुसार उत्तर कोरियासँग सम्बन्ध रहेको एक भिडियो गेमिङ कम्पनीले ह्याक गरेर उक्त रकमबराबरको भर्चुअल मुद्रा चोरी गरेको हो।

विज्ञापन

एफबीआईका अनुसार उत्तर कोरियाली कम्पनीले गत मार्च २९ मा ६२ करोड डलरबराबरको भर्चुअल मुद्रा इथेरियम चोरी गरेको हो।

विज्ञापन

एफबीआईका अनुसार अहिले क्रिप्टोकरेन्सी चोरी गर्ने कम्नपी लाजारस ग्रुप र एपीटी३८ हुन्।

सीएनएनका अनुसार मनिसहरुलाई क्रिप्टोकरेन्सी कमाउन दिने भिडियो गेम कम्पनी एक्सि इन्फिनिटीको कम्प्युटर नेटवर्क ह्याक गरी उक्त रकमबराबरको क्रिप्टोकरेन्सी चोरी भएको हो।

अमरिकाको अर्थमन्त्रालयले बिहीबार लाजारस ग्रुपमाथि प्रतिबन्धको घोषणा गरेको थियो।

चाइनालाइसिसका अनुसार लाजारस ग्रुपले पछिल्ला केही वर्षमा १ अर्ब ७५ करोड डलरबराबरको क्रिप्टोकरेन्सी चोरेको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस