बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरमा विभिन्न पाटि परित्याग गरि पाँच सय जना माओवादी केन्द्र प्रवेश
समाचार

भरतपुरमा विभिन्न पाटि परित्याग गरि पाँच सय जना माओवादी केन्द्र प्रवेश

भरतपुर । भरतपुर माहानगरपालिका वडा न. २८ मा विभिन्न पाटि परित्याग गरि ४७६ जना नेकपा (माओवादी केन्द्र) प्रवेस गरेका छन् । उनिहरुलाई माओवादी केन्द्रकी केन्दिय सदस्य तथा भरपुर महानगरपालिका प्रमुख रेणु दाहालले स्वगत गरेकी हुन् ।

 

विज्ञापन

कार्यक्रममा बोल्दै मेयर रेनु दाहालले पाँच बर्षको अवधिमा वडा नं. २८ मा विभिन्न विकासमा कामहरु भएको बताईन् । उनले पाँच बर्ष अगाडीको कुरालाई स्मरण गर्दै स्थानीयले विभिन्न समस्यााहरुबाट मुक्त भएको बताईन् । उनले भनिन्, पाँच बर्ष अगाडी यहाँ सामान्य स्वास्थ्य सेवाको सुविधा थिएन, अहिले ठाउँठाँउमा अस्पतालहरु निर्माण भएका छन् । राप्तीमा बाढी आउदा राति सुतेको ठाउँबाटै डुबेर मरिन्छ कि भन्ने कहालीलाग्दो अबस्थाबाट मुक्त भएका छौँ ।

विज्ञापन

 

माओवादी केन्द्र भरतपुर २८ का वडा अध्यक्ष लोकनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा माओवादी केन्द्र भरतपुर महानगर कमिट उपाध्यक्ष सुरेन्द्र गुरुङ, महानगर सदस्य श्याम अधिकारी, टिकाराम भुसाल, लालुमाया अधिकारी, शिला परियार लगायतको उपस्थित रहेको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस