चितवन । चितवनमा नेकपा (माओवादी केन्द्र)बाट नगरप्रमुख निर्वाचित भरतपुरका रेणु दाहाल र माडीका ठाकुर प्रसाद ढकाल पुनः मेयरमा दोहोरिने तयारी गर्नुभएको छ ।
कांग्रेस र माओवादीको गठवन्धनबाट २०७४को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित रेणु दाहाल यसपटक गठवन्धन हुँदा गठबन्धनबाटै र गठबन्धन नभए पार्टीको तर्फबाट एक्लै भए पनि नगरप्रमुख पदमा चुनाव लड्ने तयारीमा रहनुभएको हो । भरतपुरमा माओवादी केन्द्रका कार्यकर्ताहरुले नगरप्रमुखमा पुनः रेनु भन्दै चुनावी प्रचार सुरु गरिसकेका छन् ।
विज्ञापन
यता, माडी नगरपालिकामा पनि हालका नगरप्रमुख ठाकुर प्रसाद ढकालले एक कार्यकाल दोहोरिने इच्छा राख्नुभएको छ । यसमा, पार्टीले गर्ने निणर्य अन्तिम हुने बताउँदै उहाँले ‘आफूले अगाडि बढाएका कतिपय दीर्घकालीन महत्वका कामहरु पुरा गर्न पाँच वर्ष पर्याप्त नभएको’ बताउँदै पार्टीले आकांक्षीहरूका बारेमा सोधे आफूले पनि इच्छा जनाउने बताउनुभयो । माडीमा माओवादी केन्द्रबाट उम्मेदवारको टुङ्गो लागिसकेको भने छैन ।
विज्ञापन
चितवनमा राप्ती र रत्ननगरका मेयर क्रमशः प्रभा बराल र नारायण वनबाहेक अन्य सबै पालिका प्रमुखहरु पुनः दोहोरिने मनसायमा रहेको र सोही बमोजिम नामावली दर्ता गराएको वा इच्छाएको देखिन्छ ।
फेसबुक प्रतिक्रियाहरु