मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • एमाले एक्लै बहुमत ल्याउँछ, केपी ओली फेरि प्रधानमन्त्रीः विष्णु पौडेल
समाचार

एमाले एक्लै बहुमत ल्याउँछ, केपी ओली फेरि प्रधानमन्त्रीः विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनपछि नेकपा एमालेले एकल बहुमत ल्याउने बताएका छन्।

बझाङ सदरमुकाम चैनपुरमा सोमबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी चुनावपछि केपी शर्मा ओलीले नयाँ सरकारको नेतृत्व गर्ने दाबी गरे।

विज्ञापन

उपाध्यक्ष पौडेलले अहिलेको सरकार परमादेशबाट आए पनि आगामी चुनावको जनादेशबाट पुनर्स्थापना गरिने बताएका छन्।

विज्ञापन

उपाध्यक्ष पौडेलले देशको विकासका लागि एमाले सरकारको विकल्प नभएको बताए।

‘एमालेबाहेक अरू पार्टीको सरकार बन्दा यो जिल्लामा लाखका, करोडका आयोजना आएका होलान्, तर अर्बका आएका छन्, छैनन्ु, उनले भने, ुतर, जब एमाले सरकारमा आउँछ, लाख करोड होइन अर्बौँका आयोजना आउँछन्।’

पौडेलले अध्यक्ष ओली प्रधानमन्त्री बन्दा चैनपुर-ताक्लाकोट सडकलाई मात्रै एक अर्ब ४० करोड रुपैयाँ बजेट छुट्टयाइएको स्मरण गरे।

‘एउटै सडकलाई एक अर्ब ४० करोड बजेट छुट्याउन एमालेको सरकारले मात्रै सक्छ। त्यसैले देश विकासका लागि एमालेको सरकार चाहिएको छ,’ उपाध्यक्ष पौडेलले भने।

अहिले चैनपुर-ताक्लाकोट सडक अवरुद्ध भएको भन्दै उनले एमाले सरकार आएपछि यसलाई निर्माण थालिने बताए।

उनले अब कुनै गठबन्धनले एमालेको विजय यात्रा रोक्न नसक्ने बताए। ‘एमालेका अगाडि कुनै पनि गठबन्धन टिक्न सक्ने छैन,’ पौडेलले भने, उनीहरूलाई सोध्नुस्, एक्लै चुनाव लड्ने हिम्मत छरु उनीहरू भन्ने छन्-छैन।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस