काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले गठबन्धन नगरे एमालेसँग मिल्न सक्ने भएकाले चुनावमा माओवादीसंग तालमेल गरेर जानुपर्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका कोइरालाले भने, ‘माओवादीको थोरै मत एमालेसँग मिल्दा फेरि हाम्रो अवस्था साँघुरिन सक्छ। केही हदसम्म मलाई त्यो कुरा पनि ठीकै लाग्यो।’
विज्ञापन
यस्तै उनले निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिनुपर्ने आफ्नो दृष्टिकोण रहेको बताएका छन् ।
विज्ञापन
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भनेपछि तालमेल गर्नु नै ठीक हो जस्तो लागेको कोइरालाको भनाइ छ ।
उनले कांग्रेसले अहिले आफ्नो शक्ति बढाएर सकेसम्म एक्लै चुनाव लड्नुपर्ने जिकिर पनि गरे।
फेसबुक प्रतिक्रियाहरु