आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • कमल थापाले सूर्यबाट चुनाव लड्छु भनेपछि भीम रावलको जवाफः ‘रामाले’ दल उत्पन्न हुने भयो त ?
समाचार

कमल थापाले सूर्यबाट चुनाव लड्छु भनेपछि भीम रावलको जवाफः ‘रामाले’ दल उत्पन्न हुने भयो त ?

नेकपा एमालेका नेता भीम रावलले राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि व्यंग्य गरेका छन् ।

अध्यक्ष थापाले आफ्नो पार्टी सूर्य चिह्नबाट समेत चुनाव लड्न तयार रहेको अभिव्यक्ति दिएपछि नेता रावलले ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त भनी प्रश्न गरेका छन् ।

विज्ञापन

रावलले ट्विटरमा लेखेका छन्, ‘थापाले एमालेको सूर्य चिह्न आगामी चुनाउमा २ दलको साझा चिह्न हुनसक्ने र कुरा भइरहेको भनेका छन् । उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त ? धन्य हो ! छेपारो राजनीतिको करामत ? समाजवादउन्मुख गणतन्त्र छिट्टै साकार हुन्छ कि क्या हो ?’

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस