सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • पूर्वी चितवनमा माओवादी प्रवेशको जनलहर बढ्यो, एकैदिन प्रचण्डको हातबाट टिका लगाउदै ५ सय बढीले गरे पार्टी प्रवेश
समाचार

पूर्वी चितवनमा माओवादी प्रवेशको जनलहर बढ्यो, एकैदिन प्रचण्डको हातबाट टिका लगाउदै ५ सय बढीले गरे पार्टी प्रवेश

चितवन।

 

विज्ञापन

नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा प्रचण्डले जनयुद्धको भिषण समयमा पूर्वी चितवनकै भूगोलमा बसेर ठूला ठूला फौजी तथा संगठानात्मक कार्यक्रम गरेको स्मरण गराउदै शान्तिप्रकृयापछी कता कता ओझेलमा परेको होकी भन्ने महसुस भएको बताए ।

विज्ञापन

 

पूर्वी चितवनको खैरहनीमा राप्ती खैरहनी र रत्ननगर नगर कमिटिले संयूक्त रूपमा आयोजना गरेको राजनितिक तथा वैचारिक प्रशिक्षणलाई सम्बोँधन गर्दै पूर्वी चितवनमा पार्टीको सम्पूर्ण शक्ती केन्द्रित गरी प्रतिगामी यथास्थितिवादी तथा अवसरवादीहरूको किल्ला तोड्न आग्रह गरे ।

युद्धको समयमा पूर्वी चितवन आन्दोलनको केन्द्र थियो उनले भने, अवसरवादीहरू प्रतिगामीहरू थर्कमान हुन्थे, अहिले उनीहरू हाही भएका छन्य । यसलाई परास्त गर्न सम्पूर्ण नेता कार्यकर्ताहरू तयार हुनुहोस्, पार्टी हेडक्वाटरको तर्फबाट आवश्यक पहलकदमी लिनेछ ।

सो अवसरमा अध्यक्ष प्रचण्डले मुलुकको समृद्धी ,संघियता धर्म निरिपेक्षता समानुपातिक समावेशी प्रतिनिधित्वसहितको एजेण्डा संविधानसभा मार्फत संविधानमा लिपीवद्ध गरेको बताउदै भर्खरै सम्पन्न पार्टीको महाधिवेशनले समाजवादको दिशामा जाने विशेष खाका तय गरेको समेत बताए ।

मानव जातिका लागि जलवायू परिवर्तनले पारेको प्रभावले मानव जीवनमा प्रतिकुल प्रभाव पैदा गरेको भन्दै यसलाई जोगायर कसरी मानव जीवनलाई कसरी सहज गराउने भन्नेमा पनि महाधिवेशनले ठोस नीति लिएको समेत बताए ।

समाजवाद उन्मुख राज्य व्यवस्था निर्माणका लागि उत्पादकत्व बृद्धी र उत्पादन संयन्त्रमा वैज्ञानिक तालमेल मिलाई आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने दिशामा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । हजारौ शहिद तथा वेपत्ता योद्धाहरूको बलिदानिबाट प्राप्त यो ऐतिहासिक उपलब्धीहरूलाई सिँध्याउन माले नामको प्रतिगामी तत्व माओवादीलाई सिध्याउन लागिपरेको बताउदै त्यसलाई रोक्न पनि माओवादी जाग्नै पर्ने बताए ।

समसामयिक राजनितिक अवस्था र आसन्न स्थानिय तह निर्वाचनका विषयमा कार्यकर्ताहरूलाई प्रशिक्षित गर्दै प्रतिगमनकारीहरूलाई धुडा टेकाउन र अग्रगामी उपलब्ँधीहरूलाई संरक्षण गर्नपनि लोकतान्त्री सक्तिहरूका बिच गठबन्धन भएको बताए । देश जोगाउने सक्ती माओवादी मात्र हो भन्ने देश व्यापी रूपमा स्थापित भैसकेको भन्दै यही एजेण्डालाई लिएर उच्च मनोबलका साथ संगठन निर्माणमा लाग्न आग्रह समेत गरेका थिए ।


राजनितिक तथा बैचारिक प्रशिणण कार्यक्रममा जिल्ला संयोजन समितिका संयोजक रामचन्द्र अधिकारिले राप्ती ,खैरहनी र रत्ननगर पार्टी कमिटिहरूको संगठनात्मक अवस्था र पार्टिले आसन्न स्थानिय तह निर्वाचनमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राखेका थिए ।

सो अवसरमा माओवादी केन्द्र रत्ननगर कमिटीका अध्यक्ष श्याम बरालले आसन्न स्थानिय तह निर्वाचनमा रत्ननगर पार्टी कमिटी एक भयर निर्वाचनमा होमिएको बताउदै भरतपुर र माडीको माओवादी विकासको मोडललाई अनुसरण गरेर आम जनतामा स्थापित गर्दै मतदाताहरूसंग मत माग्नुपर्ने बताए ।

प्रशिक्षण कार्यक्रममा नेकपा ऐमाले पार्टी परित्याग गरी दण्डपाणी न्यौपाने, विमला न्योपाने, बाबुराम मरहठ्ठा, दुर्गा कुमारी भरहठ्ठा, अशोक मरहठ्ठा, बासुदेव रेग्मी, विमला कर्मीगरी ५४ जना र नेपाली काँग्रेस परित्याग गरि जुना उपरकोटी, सुनिता कुमती, नेत्रप्रसाद लामिछाने, सावित्री लामिछाने, निशा भट्टराई, मुक्तीप्रसाद लामिछाने, डिल्लिराम सोढारी लगायत ६४ जना गरि १ सय १८ जना माओवादी केन्द्र प्रवेश गरेका थिए । नव प्रवेशीहरूलाई अधक्ष प्रचण्डले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

सोही कार्यक्रममा रत्ननगर ,खैरहनी र राप्ती नगरपालिकाका काग्रेस ,ऐमाले ,समाजवादी ,राप्रपा लगायतका पार्टी छोडी २ सय ५१ जनाले माओवादी प्रवेश गरेका थिए । रत्ननगर नगरपालिका वडा न ४ का प्रलाद ठाकुरले काँग्रेसबाट मुलुकको विकास र गरिब जनताको मुक्ती नहुने भन्दै जनताको आशालाग्दो पार्टी माओवादी केन्द्नै हो भन्ने ठहरका साथ काँग्रेस छोडी माओवादी केन्द्र प्रवेश गरेको बताए ।

त्यस्तै खैरहनी न पा १० कठारका एमालेका स्थापित स्थानिय नेता रामेश्वर चौधरीले २४ बर्ष एमालेमा बसी संगठन गरेर समय वर्बाद गरेको महसुस गर्दै जनताको असली साथी परिवर्तनको बाहक पार्टी माओवादीमा प्रवेश गरेको बताए । समाजवादी नेपाल बागमती प्रदेश सदस्य भवानी धिमिरेले समाजवादी पार्टीको सम्पूर्ण भूमिका छोडी माओवादी पार्टीमा प्रवेश गरेको घोषण गरेकी थिईन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस