शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • प्रचण्ड र म दुबै कम्युनिस्ट हुन सक्दैनौं : ओली
समाचार

प्रचण्ड र म दुबै कम्युनिस्ट हुन सक्दैनौं : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्ट नै नभएको बताएका छन् ।

प्रोगेसिभ ईञ्जिनियर्स एशोसिएशनको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘मान्छेहरूले कम्युनिष्ट भन्नुसाथै प्रचण्ड सम्झिन्छन्, अनि कसरी हुन्छ ?,’ ओलीले भनेका छन्, ‘यदि प्रचण्ड कम्युनिष्ट हुन् भने म कम्युनिष्ट नै होइन, यदि म कम्युनिष्ट हुँ भने प्रचण्ड होइनन् ।’

विज्ञापन

त्यसअघि उनले प्रश्न गरे-‘२ जना कसरी एउटै हुनसक्छ ? म बनाउँछु, उहाँ भत्काउनुहुन्छ । म शान्ति चाहन्छु, उहाँ युद्ध चाहनुहुन्छ । म राम्रो गर्नुपर्छ भन्छु, उहाँ राम्रो हुनु हुँदैन भनेर भन्छन् ।’

विज्ञापन

यस्तै उनले प्रचण्डलाई जंगलबाट समातेर ल्याएको टिप्पणी गरेका छन् । ‘समातेर ल्याएको हो । तपाईंहरू पनि छक्कै पर्नुभयो होला । अब त सुध्रियो भनेर छाडेकोस यसो ढोकातिर हेरेको त कता कता,’ ओलीले भनेका छन् ।

ओलीले छुट्टै प्रसङ्गमा अबको तीन वर्षभित्र नेपालले आफ्नै उपग्रह राख्ने दाबी गरे । आगामी चुनावपछि एमालेको नेतृत्वमा सरकार बनाउने र सरकारले त्यसको काम गर्ने उनको दाबी छ ।

‘अबको तीन वर्षभित्र नेपालले आफ्नो उपग्रह राख्छ,’ उनले भने ‘नेपालले सानै भएपनि आकाशमा पठाएको छ । कमसेकम नेपालले पहिलोपटक पृथ्वीको अर्बीट छेडेर गएका छौँ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस