काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले गोकुल बाँस्कोटा जस्तो ७० करोडले डुङडुङ्ती गन्हाइरहेको ब्यक्तिको पार्टीलाई चुनावबाट बिदाई गर्नुपर्ने बताएका छन् ।
उनले भने– कोही कोही मान्छेहरु बादल लागिसकेको सूर्यको चिन्ह बोकेर यही ठाउँमा आउँलान भन्नुपर्छ जनसमुदायका दाजुभाई दिदिबहिनीहरु हाम्रो अमूल्य मत पाएर हाम्रो मतदानलाई सिंहदरबार वरिपरी लगेर ७० करोडको ‘बार्गेनिङ’ गर्ने कुन पार्टीमा छन् खबरदार गर्नुपर्छ ।
विज्ञापन
यो आन्दोलनको दोष पनि अब बैशाख ३० गते हुनुपर्छ । हामी भन्न चाहान्छौं, तपाईहरुलाई यो दुईवटा मन्दिरको साचि राखेर कसम खादै भन्छु म यदि केपी ओलीको प्रतिगमनका मतियारहरुले यो देशमा जिते भने यो देशको गणतन्त्र उल्टिने र हाम्रो गणतन्त्र समाप्त हुने छ।
विज्ञापन
हाम्रो सघं, संघिय र संरचना भत्किने छ । हाम्रो शासन प्रणाली बिग्रिने छ, खुल्ला–खुल्ला चुनौती गर्न खुल्ला–खुल्ला बहस गर्न हामी तयार छौं । के तिमीहरु तयार छौं ? हिजो केपी ओलीले बोकेको त्यो अलोकतान्त्रीक मान्यताले नेपालको शासन प्रणालीलाई बिगारेको कुरा बिर्सेका छैनन् । नेपाली जनता त्यति सारै बिर्सेर अगाडी बढेका होईनन्, नेपाली जनताले आफ्नो बलिदानले निर्माण भएको यो शासन प्रणालीलाई त्यतिकै गुमाउन चाहादैनन् ।
नेपालको शासन प्रणाली त्यति लामो संर्घषबाट स्थापित भएको हाम्रो लोकतान्त्रीक पद्धतिलाई गुमाउन चाहादैनन्, त्यसो भाको कारणले वडा–वडाका जनताले भन्नुपर्छ, पालिका–पालिकाका जनताले भन्नुपर्छ, नगर–नगरका जनताहरुले भन्नुपर्छ प्रतिगामिका मतियारहरुलाई यसपालि धुलो चटाउनु पर्छ ।
यसका निम्ति हामी जाग्न, उठ्नु र लम्किनु पर्छ, यसका निम्त जनतालाई बुझाउनु पर्छ त्यो सबै काम गर्नका निम्ति अपिल गर्न चाहान्छु । र म भन्न चाहान्छु हाम्रो व्यवस्था हाम्रो मत अघिकार हो ।
हामीले ल्याएको व्यवस्थामा कसैले कुलचिने आट गरो भने हिजो पनि हामीले विद्रोहको बन्दुक बोक्नेलाई शान्ति प्रक्रियामा ल्याएर यो पद्धतिमा ल्याएका हौ । आज पनि बिद्रोहको बन्दुक बोक्नेहरुलाई कसैले यो शासन व्यवस्था अटाउन सक्दैन भने अझै पनि कोशिस गछौं ।
यो व्यवस्था बाहेक विश्वमा कुनै पनि उन्नत प्रकृतिको व्यवस्था छैन जहाँ जनताको महत हुन्छ, जहाँ सम्मान, विचार र संगठनहरुको प्रतिनिधित्व हुन्छ त्यस्तो व्यवस्थालाई कसैले कुलचिन नदिने आट गरौं ।
हामीले बोकेको कान्त्रिको झण्डा कसैले हलाउन सक्दैन, कसैले निमोट्न सक्दैन किन भने केपी ओली सत्तामा पुगेर पटक–पटक जनताको अधिकारलाई कुलचिदा पनि जनताले केपी ओलीलाई हराए एक चोटी मज्जाले हराउनुपर्छ, केपी ओलीलाई अब हामी उठ्नु पर्छ सबै दाजुभाई दिदि बहिनीहरुले यो कुरा गर्न जरुरी छ उनले भने ।
फेसबुक प्रतिक्रियाहरु