चितवन।
स्थानिय निकायको निर्वाचन नजिकिदैं जाँदा काँग्रेस भित्र महानगरको नेतृत्व गर्नेहरुको होडबाजी सुरु भएको छ । महानगरमा समिकरण के हुन्छ भन्ने केन्द्रले तय नगरे पनि महानगरको उपप्रमुखमा काँग्रेसका नेताहरुले दावि गर्दै आएका छन् । यसै क्रममा नेपाली काँग्रेस भरतपुर महानगर समिति उपसभापति बुद्धिकान्त न्यौपानेले आफ्नो दावि प्रस्तुत गर्नु भएको छ । उहाँले महानगर उपप्रमुखमा आफ्नो दावी प्रस्तुत गर्नु भएको हो ।
विज्ञापन
न्यौपानेले भन्नुभयो “काँग्रेलिाई बलियो बनाउन र महानगरको समग्र बिकासका लागि उपप्रमुखमा मेरो दावि रहन्छ ।” नेपाली काँग्रेसको इतिहास बोकेको घरबाट यसपटक उपप्रमुख बन्नु आबश्यक रहेको उहाँको भनाई छ । काँग्रेसका युवा नेता एबं पुराना नेताहरुमा लोकप्रिय नेता न्यौपाने आफैमा अव्वल नेताको रुपमा रहनु भएको छ । नेपाली काँग्रेसको १४ औं महाधिबेशनबाट भरतपुर महानगरको उपसभापतिमा लोकप्रिय मतले बिजयी वन्नु भएका न्यौपाने उपप्रमुखमा आफ्नो उम्मेदवारी रहने बताउँदै बिजयी सुनिश्चित भएको बताउनुभयो ।
विज्ञापन
काँग्रेसको जिल्ला देखि केन्द्र सम्म राम्रो पहुँच बनाउन सफल न्यौपाने स्पष्ट बक्ताको रुपमा रहनु भएको छ । स्पष्ट रुपमा आफ्नो धारणा राख्न सक्ने, अन्य दलहरुलाई मिलाएर लैजाने सक्ने क्षमता भएका नेता न्यौपाने आफ्नो पक्षमा अहिलेको युवा पुस्ता रहेको बताउनुहुन्छ । साबिक चितवन क्षेत्र नम्बर ४ मा रहेको भरतपुर महानगरपालिका नेपाली काँग्रेसको बलियो जनाधार रहेको छ । गत स्थानिय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा माओवादी संग पनि तालेमेल हुँदा पनि उपप्रमुखले प्रमुखको भन्दा वढि मत ल्याएर विजयी बन्नुभएको थियो ।
१४ औ महाधिबेशनमा काँग्रेसको सबै भन्दा वढि क्रियाशिल सदस्य रहेको यस पालिकामा काँग्रेसको संगठन बलियो रहेको छ । सांगठनिक गतिबिधिहरु समेत धेरै हुने गरेको यस पालिकामा काङ्ग्रेस अहिले एक भएर लागेको छ ।
फेसबुक प्रतिक्रियाहरु