लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आसन्न तीन तहकै चुनावमा लुम्बिनी प्रदेशबाट एमालेलाई पत्तासाफ गर्ने बताएका छन् । बिहीबार रोल्पाको लिवाङ घरेलु तथा उद्योग महासंघ रोल्पाले आयोजना गरेको महोत्सव उद्घाटन गर्दै उनले सत्ता गठबन्धनले एमालेलाई पत्तासाफ गर्न बताएका हुन् ।
उनले सांसद भंग गरेर जनताको मतलाई अपमान गर्ने केपी ओली नेतृत्वको एमालेलाई फेरि जनता समक्ष मत माग्न जाने नैतिक अधिकार नभएको उनको भनाइ छ ।
विज्ञापन
प्रतिगमनको षड्यन्त्र अबदेखि गर्ने छैन भनेर जनतासँग माफी नमागेसम्म प्रतिपक्ष मै रहेर सजाय भोग्न सुझाव दिए । ओलीले कम्युनिस्टकै आवरणमा कम्युनिस्ट आन्दोलन सखाप पार्न खोजेको उनको आरोप थियो ।
विज्ञापन
ओलीको प्रतिगामी कदमविरुद्ध जनताको ठूलो तप्का जुर्मुराएकोले लोकतान्त्रिक शक्तिबीच गठबन्धन बनेको उनको भनाइ छ ।
उनले भने, ‘यस गठबन्धनको मर्म अनुसार आगामी ५ वर्षका लागि अगाडि बढेका छौंँ, एमालेलाई बढार्ने अभियानमै लाग्नेछौँ, म दल नेता पनि हो, त्यसैले लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहको बैठक बसाल्ने तयारी गरेको छौँ ।”
लुम्बिनी प्रदेशमा एमालेले गैर राजनीतिक भाषण गर्दै अगाडि बढेको केसीले बताए । जनतालाइ भ्रमित पार्ने दिन गइसकेको भन्दै विगतको झै भ्रममा नपर्न पनि जनतालाई उनले आग्रह गरे ।
उनले रोल्पा जिल्लाको विकास र जनताको समृद्धिको सपना माओवादी केन्द्र र वर्तमान सरकारले पूरा गर्ने दावी गरे । उनले रोल्पास्थित जनयुद्ध भ्यूटारको नकारात्मक प्रचार गर्नेहरु केपी ओली जस्तै देशमा परिवर्तन नचाहने तप्का भएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग आपुर्ति मन्त्री अजय शाहीले प्रत्येक जिल्ला आगामी वर्षमा एक जिल्ला एक नमूना उद्योग निर्माण गर्ने बताए ।
फेसबुक प्रतिक्रियाहरु