काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीप्रति पछिल्लो समय जनताको आकर्षण बढेको दाबी गरेका छन् ।
माओवादी केन्द्रले देशका मुख्य राजनीतिक समस्या समाधानमा भूमिका खेलेको तर, त्यो अनुसार सबैले स्वीकार गर्न भने नसकेको उनले गुनासो सुनाए ।
विज्ञापन
रिपोर्टर्स क्लबको वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै प्रचण्डले शान्ति सम्झौतादेखि एमसीसीसम्म आइपुग्दा माओवादीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
विज्ञापन
उनले भने, ‘देशलाई अप्ठेरोबाट बचाउनेमा माओवादी केन्द्र नै अग्रसर छ । गत साल जेजति राजनीतिक परिघटना भए, त्यसमा माओवादी केन्द्रको भूमिका महत्वपूर्ण रह्यो ।
यो जनताले पनि बुझेका छन् । त्यसैले माओवादीप्रति आकर्षण बढेको छ । म देशभरि घुम्दा यस्तो पाएको छु । तपाईंहरूले पनि देख्नुभएकै छ ।’
प्रचण्डले संविधान र लोकतन्त्रको रक्षा गर्ने पार्टी माओवादी केन्द्र नै रहेछ भन्ने बुझाइ जनतामा बढेको आफूले पाएको बताए ।
फेसबुक प्रतिक्रियाहरु