मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • सिञ्जाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको हुँ : अध्यक्ष ओली
समाचार

सिञ्जाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको हुँ : अध्यक्ष ओली

जुम्ला ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिञ्जाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताउनुभएकाे छ । जुम्लाको सिञ्जा गाउँपालिका नराकोटमा पार्टीले आयाेजना गरेकाे जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले सिञ्जाको विकास गर्न आफू लागिपर्ने बताउनुभयो ।

विज्ञापन

अध्यक्ष ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको धनी ठाउँ भएकाले विकासको इतिहास आफ्नो परिस्थितिअनुसार गर्नसक्ने बनाउनुपर्नेमा जोड दिँदै केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी लिने प्रतिबद्धता जनाउनुभयो । ‘ढुक्क हुनुहोस्, सिँजाले विकास गर्न सक्छ । एकआपसमा हातेमालो गरौँ’, उहाँले भन्नुभयाे ।

विज्ञापन

अध्यक्ष ओलीले कर्णालीमा मानसरोवर, कैलाश पर्वत, रारा ताल, कनका सुन्दरी, त्रिपुरा सुन्दरी लगायतका धार्मिक पर्यटकीयस्थल भएको बताउँदै चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सी चामल नेपालको ओरिजिनल ब्रान्ड भएको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारको दिनगन्ती सुरु भइसकेको दाबी गर्दै भन्नुभयाे, ‘यो म्यादी सरकार हो । दिनगन्ती सुरु भइसकेको छ ।’

जनसभामा स्थानीय नेताहरूले कर्णालीको विकासमा जोड दिन पूर्वप्रधानमन्त्री ओलीलाई सुझावसहित अनुरोध गरे । अध्यक्ष ओलीले जुम्ला आउनुअघि दैलेखको दुल्लुको अवलोकन गर्नुभएकाे थियाे ।

यसैबीच अध्यक्ष ओलीले जुम्लाको नराकोटमा मार्सी चामलसँगै सिमीको तरकारी खानुभयाे । उहाँले भन्नुभयाे, ‘पहिले एक पटक मार्सी चामल खाएको थिए । निकै चर्चा चुल्यो । अहिले त झन् सिञ्जामै आएर मार्सी चामल र हिमा नदीको माछा खादा खुसी भएँ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस