चितवन ।
चितवनको भरतपुर महानगरमा माओवादी केन्द्रले स्थानीय निर्वाचन नजिकिदैं जांदा घरदैलो र प्रचारप्रसार कार्यक्रम दोश्रो दिन पनि जारी राखेको छ । गाउँ नगर घर घर जाउँ माओवादी केन्द्रलाई जिताऊ भन्ने नारासहित आज भरतपुर महानगर नगरको वडा नम्बर १३ बाट घरदैलो अभियान सुरु गरको नेकपा माओवादी केन्द्र भरतपुर १३ का अध्यक्ष सुदिप सुवेदीले जानकारी दिए ।
विज्ञापन
चितवनको थवङको उपमाको रुपमा चिनिने भरतपुर महानगरपालिका वडा न १३ मा घर दैलो कार्यक्रम ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य यम बाहादुर परियार इन्द्रजितले वडा समिति अध्यक्ष सुदिप सुबेदीलाई झन्डा हस्तान्तरण गरेर घर दैलो तथा जन भेटघाट कार्यक्रम शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै परियारले जनताको अधिकार स्थापित गराउन, माओवादीलाई जिताउन सबै क्षेत्र फेरि एक जुट हुनुपर्ने वेला आएको बताए ।
विज्ञापन
सो क्रममा आफुहरुले माओवादी केन्द्रलाई भोट किन हाल्ने, एजेण्डा के हो भन्ने विषयमा जानकारीसगैँ विकास प्रेमी आफ्ना नेताहलाई भोट दिएर जिताउन अपिल गरेको अध्यक्ष सुवेदी बताए ।
फेसबुक प्रतिक्रियाहरु