रत्ननगर । नेकपा माओवादी केन्द्र रत्ननगरको अध्यक्षमा श्यामप्रसाद बराल निर्वाचित भएका छन् । मंगलवार भएको निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी दीपक शाहीलाई पराजित गर्दै बराल नगर अध्यक्षमा निर्वाचित भएका हुन ।
कुल खसेको ६२ मत मध्ये बरालले ३७ र शाहीले २५ मत पाएका थिए । उपाध्यक्षमा वासुवेब चापाँगाई,प्रदिप बन्जरा र दीलबहादुर बुढाथोकी विजयी भएका छन् । चापाँगाईले ५२,बन्जराले ४६ र बुढाथोकीले ४२ मतका साथ विजयी भएका हुन । उपाध्यक्षका उपविजेता अनिल तामाङले २९ मत प्राप्त गरेका छन् ।
विज्ञापन
सचिवमा ३८ मतका साथ मेघनाथ पौडेल विजयी भएका छन् । सचिवमा प्रत्यासी झनकप्रसाद पौडेलले २२ मत पाएका छन् । सहसचिवमा श्याम देवकोटालाई पराजित गर्दै लक्ष्मी नेपाली विजयी भएकी छन् । नेपालीले ५२ मत प्राप्त गर्दा देवकोटाले १० मत पाएका छन् । कोषाध्यक्षमा प्रकास कुमाल निर्वाचित भएका छन् । विष्णु पोखरेललाई पराजित गर्दै कुमाल कोषाध्यक्षमा निर्वाचित भएका हुन । कुमालले ३६ र पोखरेलले २३ मत प्राप्त गरेका छन् ।
विज्ञापन
पदाधिकारी चयनको लागि वडाबाट छनौट भएर आएका ६५ जना नगर सदस्य मध्ये ६२ जनाले मतदान गरेका छन् । मत गणना सकिए लगतै नबनिर्वाचित पदाधिकारी तथा नगर सदस्यहरुलाई पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ । पार्टीका निर्वाचन आयुक्त अधिबक्त गोपिलाल देवकोटाले उनीहरुलाई सपथग्रहण गराएका हुन ।
कार्यक्रममा प्रदेश साँसद तथा केन्द्रीय कन्चन खनाल,जिल्ला संयोजक रामचन्द्र अधिकारी,वागमती प्रदेश कमिटी कोषाध्यक्ष संगिता भट्टराई,नगर इन्चार्ज राजु अम्गाई सुबोध लगायतको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु