शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • ‘कमेडी क्लब विथ च्याम्पियन’विरुद्ध उजुरी हाल्दै दुर्गेश
समाचार

‘कमेडी क्लब विथ च्याम्पियन’विरुद्ध उजुरी हाल्दै दुर्गेश

गायक दुर्गेश थापाले नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ विरुद्ध उजुरी दर्ता गर्ने तयारी गरेका छन् । यो शोको दोश्रो ट्रेलर आइतबार सार्वजनिक भएको थियो । ट्रेलरमा दुर्गेशको मजाक बनाइएको छ ।

विशेषगरि, मित्रताको बिषयमा आफ्नो मजाक बनाइएपछि उजुरी हाल्ने तयारी गरेको दुर्गेशले जानकारी दिए । उनले भने–‘अदालतमा मुद्दा चलिरहेको केशको बिषयमा फैसला नै नआई कमेडीको नाममा जे पनि भन्न पाइन्छ । म वकिलसँग सल्लाहा गर्दैछु । वकिलले दिने सल्लाहा अनुसार अगाडि बढ्छु ।’

विज्ञापन

उसो त, दुर्गेशले यो बिषयमा आपत्ती जनाएपछि निर्माण टिमले दृश्य हटाउने वाचा गरेको छ । तर, अब पुरा शो प्रशारण भएपनि दृश्य हट्छ या हट्दैन भन्ने थाहा हुनेछ ।

विज्ञापन

आज बेलुकी प्रशारण हुने शोको प्रोमोमा दुर्गेशको मजाक गर्दै भनिएको छ–‘उहाँ चै, गाली खान पचाउन सिकाउने गुरु । उहाँले जस्तो गाली पचाउन कसले सक्छ र गुरु । उहाँ फेरि मेरो गुरु मात्र हो । साथी होइन । साथी हानिकारक हुन्छ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस