चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले हिमालय दण्डपाणि न्यौपाने मध्यामिक विधालयमा निर्मित १४ कोठे विधालय भवनको उद्घाटन गर्नु भएको छ । सोमबार एक कार्यक्रमका बीच सो भवनको उद्घाटन एवम् ४ कोठे भवनको शिलान्यास गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले भरतपुरका सामुदायिक विधालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार आएको बताउनुभयो । संस्थागत विधालयबाट विधार्थीहरु सामुदायिक विधालयमा अध्ययनका लागि आउने क्रम पनि सुरु भएको उहाँको भनाई थियो ।
सामुदायिक विधालयमा आकर्षण बढ्नु सामुदायिक विधालयको शैक्षिक सूचाङ्कमा आएको सकारात्मक परिवर्तन भएको उहाँले उल्लेख गर्नुभयो ।
विज्ञापन
विज्ञापन
विधालयका प्रधानध्यापक भानुभक्त सुवेदीले एक करोड असी लाख रुपैयाँमा १४ कोठे भवनको निर्माण भएको जानकारी दिनुभयो । भवनक ०७५ साल फागुनबाट निर्माण सुरु भएको थियो । नेपाली तथा अंग्रेजी मध्यममा पढाई हुने यस विधालयले शैक्षिक गुणस्तरमा जिल्लामा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
विभिन्न दाताहरुको सहयोगमा ५३ वटा अक्षयकोषबाट गरिब तथा जेहेन्दार छात्राछात्रलाई निशूल्क अध्ययपन गराउदै आएको विधालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
दण्डपाणि न्यौपानेलाई जनयुद्धका क्रममा राज्यपक्षबाट विस २०५६ माघ ७ गते वेपत्ता परिएको थियो । हालसम्म उहाँको अवस्था अज्ञात रहेको छ । यो विधालयको संस्थापक रहेका न्यौपनको स्मृतिमा विधालयको नामकरण गरिएको हो ।
फेसबुक प्रतिक्रियाहरु