रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दुई दिने कार्यक्रम लिएर सोमबार रुपन्देही आउन लागेका छन् ।
विज्ञापन
पार्टी अध्यक्ष ओली चैत १४ गते बिहान रुपन्देहीको भैरहवामा पार्टी प्रवेश कार्यक्रम तथा अगुवा कार्यक्रमका लागि त्यहाँ जाने तय भएको हो ।
विज्ञापन
ओली सो कार्यक्रम सकेर दिउँसो कपिलवस्तुको तौलिहवामा आयोजना गरिएको वृहत पार्टी प्रवेश कार्यक्रममा जाने साँझ बस्न बुटवलमा पुग्ने तय भएको एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिए ।
सोमबार कपिलवस्तुमा पूर्वमन्त्री तथा संघीय सांसद वृजेशकुमार गुप्ता, पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सांसद धर्मबहादुर लाल श्रीवास्तवसहित ५ हजारभन्दा धेरैको पार्टी प्रवेश कार्यक्रम रहेको एमाले कपिलवस्तु इन्चार्ज बलाराम अधिकारीले दाबी गरे ।
१५ गते मंगलबार बिहान तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उद्घाटन, होटल ड्रिमल्याण्डमा आयोजना हुने भूपूसैनिक तथा प्रहरी संगठनको केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रम र दिउसो लुम्बिनीमा वृहत पार्टी प्रवेश कार्यक्रा तथा सम्बोधन कार्यक्रमा अध्यक्ष ओली सहभागी हुने कार्यक्रम तय भएको छ ।
लुम्बिनीमा लुम्बिनी सांस्कृतिक नगरपालिकामा जसपाबाट निर्वाचित ३ वडाध्यक्ष, १ दर्जन वडासदस्यका जनप्रतिनिधिसहित ठूलो संख्यामा एमालेमा प्रवेश कार्यक्रम तय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु