Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ १, २०८२
  • होमपेज
  • समाचार
  • देशको हित गर्ने पार्टी काँग्रेस मात्र हो भनी चिनाउनुस् : प्रकाशमान सिंह
समाचार

देशको हित गर्ने पार्टी काँग्रेस मात्र हो भनी चिनाउनुस् : प्रकाशमान सिंह

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संकटका बेला मुलुकलाई नेतृत्व दिन सक्ने पार्टी काँग्रेस मात्रै भएको दाबी गरेका छन्।

पार्टीको घरदैलो अभियानअन्तर्गत आज संखमुलमा भएको कार्यक्रममा उनले ठूला राजनीतिक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको स्मरण गराउँदै गर्दै अस्थिरताबाट निकास र जनताले चाहेको विकास काँग्रेसले नै दिएको जिकिर गरे।

विज्ञापन

नेता सिंह देश संकटमा पर्दा काम गर्न नसक्ने, महत्त्वपूर्ण निर्णय लिनुपर्ने बेला ढुलमुले कुरा गर्ने अनि क्रान्तिकारी भाषण दिने भन्दै कम्युनिस्ट दलहरूप्रति आक्रोश पोखे।

विज्ञापन

अब देशको हित गर्ने पार्टी र ढुलमुले पार्टी छट्याउनुपर्ने उनले बताए। नेता सिंहले चुनाव वैशाख ३० मै हुने भएकोले तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

चुनाव सर्छ कि भन्ने भ्रम नपाल्न उनले आग्रह गरेका थिए। ‘देशलाई संकट पर्दा काम गर्न नसक्ने र महत्त्वपूर्ण निर्णय लिनु पर्ने बेला ढुलमुले कुरा गर्ने अनि क्रान्तिकारी भाषण गर्ने?,’ उनले भने, ‘अब जनताले देश र जनताको हित कुन पार्टीले गर्छ भन्ने छुट्याउने बेला आएको छ।’

उनले पार्टीले गरेका महत्त्वपूर्ण कामबारे जनतालाई जानकारी दिनुपर्ने बताए। ‘हामीले काम गरेका छौं, थाहा पाइहाल्छन् नि भनेर हुन्न,’ उनले भने, ‘मतदातालाई राम्रोसँग बुझाउनुपर्छ।’

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस